१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

साहस र दृढ सङ्कल्पका कथाहरू

साहस र दृढ सङ्कल्पका कथाहरू
अ अ+ अ-

काठमाडौं । भनिन्छ, विपद् ढोल बजाएर आउँदैन । पूर्व सूचना नदिईकन अकस्मात् आउने भएकाले विपद्का सम्बन्धमा यस्तो कथन निर्माण भएको हो । गत डिसेम्बरमा चीनको उहानमा सल्किएको कोरोना सङ्क्रमणको डढेलोले सिङ्गो विश्व समुदायलाई यसरी आक्रान्त पार्ला भनेर सायदै कसैले सोचेको थियो । 

तर विश्वका अन्य देशहरूको दाँजोमा चीनले निकै कुशलतापूर्वक यस सार्वजनिक स्वास्थ्य सङ्कटको क्षति न्यूनीकरण गर्न सफल भयो । उक्त सफलता हासिल गर्नका लागि चिनियाँ सरकार र चिनियाँ जनताले अदम्य साहस प्रस्तुत गर्नुका साथै दृढ सङ्कल्पका साथ अघि बढे । 

हालै बजारमा आएको ‘साहस र दृढ सङ्कल्पका कथाहरूः कोरोना भाइरसले बन्दी बनेको उहान’ शीर्षकको पुस्तक त्यही साहस र सङ्कल्पको कथा हो । चाइना इन्टरनेसनल पब्लिसिङ ग्रुपको समन्वयमा विदेशी भाषा छापाखाना, बेइजिङले चिनियाँ र अङ्ग्रेजी भाषामा प्रकाशन गरेको ‘स्टोरिज अफ करेज एन्ड डिटरमिनेसनः उहान इन कोरोना भाइरस लकडाउन’ लाई मकालु प्रकाशन गृह, काठमाडौँले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो । कोरोनाकै कारण सिङ्गो नेपाल लकडाउनमा रहेका समयमा कोरोनाको उद्गमस्थल उहानमा भएको लकडाउनको अनुभवलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेर मकालु प्रकाशन गृहले प्रशंसनीय कार्य गरेको छ ।

पाँच अध्यायमा विभाजित यस पुस्तकमा चीनले कोरोना महामारीलाई ‘युद्ध’ का रूपमा लिएर त्यसमाथि विजय हासिल गर्ने क्रममा अपनाएका प्रयासको फेहरिस्त छ । निश्चय नै युद्धका समयमा चिन्तन मनन र विचार मन्थन गरेर बस्नका लागि पर्याप्त समय हुँदैन । त्यस कारण पनि विपक्षीसँग लड्नका लागि रक्षात्मक र आक्रामक रूपमा फटाफट प्रस्तुत भइहाल्नुपर्दछ । कोरोनाविरुद्धको लडाइँमा चीनले युद्धस्तरमै कार्य ग¥यो र मानव सभ्यताको चुनौतीका रूपमा रहेको यस सङ्कटलाई सुरक्षित अवतरण गर्न एक हदसम्म सफल भयो पनि । यो पुस्तकमा त्यही युद्धको विस्तारपूर्वक वर्णन गरिएको छ । त्यसैले यसलाई कोरोनाबारेको अविष्मरणीय इतिहासको ऐतिहासिक अभिलेख भने पनि हुन्छ । 

महामारीपछि खाद्य सङ्कट नआओस् भन्ने उद्देश्यले लकडाउनमा समेत सरकारले कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्यो भने कोरोना त्रासका बाबजुद अग्रपंक्तिमा खटिएर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको योगदानको कदर गर्दै उनीहरूलाई विशेष प्रोत्साहन गर्ने काम ग¥यो । जसका कारण लकडाउन अवधिमा पनि सङ्क्रमितका लागि उपयुक्त उपचारको व्यवस्था गराउन सम्भव भयो भने समाजमा शान्ति सुरक्षा र अमनचयन कायम हुनुका साथै जनताले सुसूचित हुन पाइ नै रहे । ज्यानको जोखिम मोलेर सर्वसाधारणको सेवामा अहोरात्र खटिने पेसाकर्मीहरूलाई प्रोत्साहित गर्ने कार्य राज्यको दूरदर्शिताका उदाहरण हुन् भन्दा फरक पर्दैन ।

यो पुस्तक पढेर चिनियाँ सरकारको दूरदर्शिता र कार्यक्षमता मात्र नभएर नागरिक स्तरबाट भएका सकारात्मक योगदान र प्रयासबारे पनि जानकारी हासिल गर्न सकिन्छ । कोरोना नियन्त्रणका लागि राजनीतिक तवरबाट प्रभावकारी प्रयास त भए नै, नागरिकले त्यसमा सक्रियतापूर्वक साथ पनि दिए । सङ्क्रमितको उपचारका लागि एक हजार शैयाको अस्पताल १० दिनमा निर्माण गर्ने जस्ता काम राज्य र नागरिकको सानोतिनो समर्पण र प्रतिबद्धताले अवश्यै पनि सफल भएका होइनन् । प्रस्तुत पुस्तकमै उल्लेख भएझै वास्तवमै यो समयसँगकै प्रतिस्पर्धा थियो ।

महामारीविरुद्धको युद्धमा ऐक्यबद्धता जनाउने क्रममा सङ्क्रमित नर्सले आफ्नो उपचार आपैmले गरे । शौचालय जाने समय पनि बिरामीको सेवामा लाग्न पाइयोस् भनेर पानीसमेत नपिई कार्य गरे । अधिकतम कार्यदक्षता हासिल होस् भनेर डाइपर लगाएर उपचारमा खटिए । खाना खाने समय नपाउँदा सुरक्षाकर्मी र स्वयंसेवकले कहिले भोकभोकै त कहिले सडकमै खाना खाए । मान्छेहरू दिनरात नभनी मास्क बनाउन खटिए । छिमेकी सहरका वासिन्दाले रातभर आफ्ना बारीका सागपात टिपेर भोलिपल्ट कोरोना प्रभावित स्थानमा पुर्याए । हेलिकप्टर हुनेले हेलिकप्टर उपलब्ध गराए, औषधी र अत्यावश्यक सामग्री हुनेले त्यही हेलिकप्टरमा ती सामान बोकेर प्रभावित स्थानमा पु¥याए । र, सेवा नै धर्म हो भन्ने कथनको सान्दर्भिकता पुष्टि गरे । पैसा र राष्ट्रियताभन्दा माथि उठेर मानिसहरूले एकअर्कालाई सहयोग नगरेका भए बन्दुक र बारुदको धुवाबिनाको यो युद्धमा विजय हासिल गर्न सम्भव थिएन । 

जम्मा १२७ पृष्ठको यस पुस्तकमा समावेश भएका रङ्गिन तस्बिरहरूले पुस्तकलाई आकर्षक बनाएका छन् भने उहानको तत्कालीन वास्तविक अवस्थालाई जीवन्त ढङ्गले चित्रण पनि गरेका छन् । लकडाउनका कारण रित्तो बनेका सडक र बिरामीको चापले अस्पतालमा बनेको भिडका दृश्यले त्यहाँको कारुणिक अवस्थालाई चित्रण गरेका छन् भने लामो समय उपचारमा खटिँदा अनुहारमा घाउ भएका स्वास्थ्यकर्मीले घाउमा टेप लगाएर सङ्क्रमितको उपचारमा संलग्न भएका दृश्यले पेसाप्रतिको इमान्दारी र कर्तव्यबोधलाई चित्रण गरेका छन् । ‘युद्ध लड्दै गर’ लेखेका पोसाक लगाएर आफ्नो कर्म गर्दै गरेका दृश्यले चिनियाँ नागरिकमा भएको देशभक्तिको भावनालाई उजागर गराइदिएको छ ।

लकडाउका बिच नै कृषि उत्पादनलई कसरी निरन्तरता दिने र कृषि र उद्योग लाई कसरी नियमित गर्न कसरी बिषेश प्रयत्न गरियो भन्ने कुरालाई पुस्तकले निकै राम्रो संग प्रस्तुत गरेको छ । यसै गरी प्रकोप र यस्को नियन्त्रणको समाचार सार्बजनिक र सु–सुचित गर्ने संञ्चारकर्मीहरु पनि स्वाथ्थकर्मीहरु संगै सघन उपचार कक्षमा पुगेर बास्तबिक कुरा नागरिक समक्ष पु¥याउनका लागि काम गरे । जुन कुरालाई सरकारको। खुल्ला दिलले स्बागत गर्दे संञ्चारमाध्यम र संञ्चारकर्मीहरु उचित संरक्षण र प्रोत्साहन गरेर अभिप्रेरित गर्ने नीतिलाई उच्च प्राथामिता दिईएको कुुरा अन्यमुलुकले पनि सक्रमणका समयमा संञ्चारमाध्यम  र संञ्चारकर्मी माथी गर्ने ब्यबहारका लागि उपयुक्त नमूना हुन सक्छ । 

विश्व समुदायले लकडाउनबारे राम्ररी बुझिनसक्दै चीनमा लकडाउनको सफल कार्यान्वयन हुँदै थियो । लकडाउनको सफल कार्यान्वयमा चीनको कानुन र त्यहाँको प्रणालीले महत्त्वपूर्ण भूमिका खेल्यो । आज पनि विश्वका विभिन्न देशले क्षति न्यूनीकरणको उपायस्वरूप लकडाउनलाई अवलम्बन गरेका छन् । यस तथ्यलाई नजरअन्दाज गर्दा कतिपय राष्ट्रहरूले नराम्ररी क्षति बेहोर्नुपरेको अवस्था छ । यी र यस्तै तथ्य तथा महामारी नियन्त्रणमा चीन सरकार र त्यहाँका जनताले गरेको निरन्तरको प्रयत्नलाई जीवन्त ढङ्गले प्रस्तुत गरिएकाले कोरोनाविरुद्धको लडाइँमा यो पुस्तक नेपाल र नेपालीका लागि पनि सिकाइ हुने देखिन्छ ।