१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सांसद आचार्यद्वारा काठमाडाैंमा रहेका रसुवाबासीलाई राहत वितरण

सांसद आचार्यद्वारा काठमाडाैंमा रहेका रसुवाबासीलाई राहत वितरण
अ अ+ अ-

काठमाडौं । रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यले काठमाण्डौमा रहेका रसुवा जिल्लाबासीलाई राहत बितरण गरेका छन् । लकडाउन थपिँदै जाँदा काठमाडौंमा पेसा व्यवसाय गरी बसेका र समस्यामा परेका जिल्लाबासीलाई सांसद आचार्यले राहत बितरण गरेका हुन् ।

सांसद आचार्यले सम्बन्धित गाउँपालिकाका प्रमुख, प्रदेस सभाका सदस्य प्रेम तामाङ , नेपाली कांग्रे पार्टी सभापति पेम्बा छिरीङ तामाङ, महाधिबेशन प्रतिनिनिधि श्याम कुमार गुरूङ, कुमार देबकोटा, दिलबहादुर मोक्तान, ने.बि.संघ सचिब सुनिल पौडेल, रसुवाका कलाकार दावाफिन्जो तामाङ, पार्टी सचिब सोनावाङ्दी तामाङ, नुर्पु तामाङ, फुर्पु तामाङ बद्री आचार्य लगायतका नेता तथा कार्यकर्ताको समन्वयमा काठमाण्डौमा बसिरहेका जिल्लाका ९ सय ३५ परिवारलाई राहत बितरण गरेका हुन् ।

प्रति परिवार २५ के.जी.को जिरा मसिनो चामल १ बोरा, ५ के.जी दाल र १ लिटर तेल प्रदान गरिएको छ । खाद्य सामाग्री लिन छुटेका जिल्लाबासीलाई वितरण गर्ने तयारी भइरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।


रसुवाका सांसद मोहन आचार्यले लकडाउनबाट समस्यामा परेको जिल्लाबासीलाई निरन्तर सहयोग गर्दै आएका छन् । उनले कोरोना जोखिम न्यूनिकरणका लागि आवश्यक स्वास्थ सामग्रीहरु आफ्नो निजि लगानीमा ठूलो परिमाणमा मास्क, साबुन, सेनिटाईजर, पिपिई सेट, पन्जा लगायतका जनताको घर घर पुगेर तथा सुरक्षा निकाय लाई प्रदान गरेका छन् । भने गरिब तथा विपन्न परिवारका लागि आफु पुग्न नसकेको ठाँउमा समेत सहयोगी मार्फत पुग्ने गरेको छ ।

त्यस्तै सांसद आचार्यको पहलमा उत्तरगया गाउँपालिका प्रमुख उपेन्द्र लम्साल, प्रदेश सभा सदस्य प्रेम तामाङ ,पार्टीका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ, आमाछोदिङ्गमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, नेपाली कांग्रेस रसुवाका नेता श्याम गुरुङ, नेबिसंघ सचिव सुनिल पौडेल तथा अन्य नेता कार्यकर्ताहरुको समन्वयमा लकडाउनको कारण काठमाडौंमा समस्यामा परेका रसुवाबासी नागरिकहरूलाई यातायात मार्फत काठमाडौंबाट घरसम्म लैजाने व्यवस्था समेत गरेका थिए ।