२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले डेट गरेको नौ वर्षपछि प्रेमिका जर्जिनासँग इन्गेजमेन्ट गरे



अ+ अ-

एजेन्सी । पोर्चुगल तथा अल नस्रका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गरेका छन् । जर्जिनाले इन्स्टाग्राममा इन्गेजमेन्ट औंठीको फोटो सेयर गर्दै इन्गेजमेन्टको जानकारी गराएकी हुन् ।

जर्जिनाले आफ्नो हात र रोनाल्डोको हातको तस्बिर पोस्ट गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘हो, म तिमीलाई माया गर्छु । यो जीवनमा र आउने हरेक जीवनमा ।’ यद्यपि, रोनाल्डोले अहिलेसम्म यसबारे केही पनि पोस्ट गरेका छैनन् ।

रोनाल्डो र जर्जिना नौ वर्षदेखि (२०१६) डेटिङमा छन् । दुवैले २०१७ को सुरुमा आफ्नो सम्बन्धको पुष्टि गरेका थिए र पहिलो पटक जुरिचमा फिफा फुटबल अवार्डमा सँगै देखा परेका थिए ।

रोनाल्डो ५ सन्तानका बुबा हुन् । जर्जिना एक स्पेनी मोडेल र सामाजिक सञ्जाल प्रभावशाली हुन् । उनीहरू दुवैका चार सन्तान छन् । अभा मारिया र माटेओ २०१७ मा सरोगेसी मार्फत जन्मिएका थिए । यसैबीच, २०१७ मा नै जर्जिनाले छोरी अलाना मार्टिना र २०२२ मा बेला एस्मेराल्डालाई जन्म दिइन्। यसबाहेक रोनाल्डोको एक छोरा पनि छ । क्रिस्टियानो रोनाल्डो जुनियर, जसको जन्म २०१० मा भएको थियो ।

९०० गोल गर्ने विश्वकै पहिलो खेलाडी

रोनाल्डोले गत वर्ष सेप्टेम्बर ५ मा क्रोएसिया विरुद्धको खेलमा आफ्नो करियरको ९०० औं गोल गरेका थिए । उनी यस्तो गर्ने विश्वकै पहिलो खेलाडी हुन् । यो उपलब्धि हासिल गरेपछि, रोनाल्डोले सामाजिक सञ्जालमा आफ्नो फुटबल यात्राको क्लिप साझा गरेका थिए । उक्त भिडियो सेयर गर्दै रोनाल्डोले सबै फ्यानहरूलाई धन्यवाद दिएका थिए ।