२१ भाद्र २०८३, आईतवार
,
Latest
कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्छ: प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओली साेमबार अनलाइनखबरद्वारा काठमाडाैँमा आयोजित ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

अनलाइनखबर डटकमद्वारा आज आयोजित ‘चालीस मुनिका चालीस’ युवालाई सम्मान कार्यक्रममा उहाँले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्रताका साथ सम्पन्नता हासिल गर्ने र मानवीय गुणवत्तामा पनि अग्रता लिने विश्वास व्यक्त गर्नुभयो ।

“युवाले आफ्नो रुचि र प्रतिभालाई चिन्न सक्नुपर्छ । सङ्घर्ष गर्नुपरे पनि हार नखाइकन काम गर्नुपर्छ । एकदिन सफलतामा पुगिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुनियाँमा मान्छेहरूले नयाँ नयाँ सुरुआत युवा अवस्थामै गरेका छन् । त्यसपछि क्रमशः आफ्नो क्षेत्रमा श्रेष्ठता हासिल गर्दै गएका छन् ।

सामाजिक जीवनका सबै क्षेत्रमा हामीलाई प्रतिभा चाहिन्छ । धेरै योग्य युवामध्येबाट छानिएका तपाईंहरूको भविष्य अझ ठूल्ठूला सफलता प्राप्तितर्फ अगाडि बढ्दै जाओस् ।”

प्रधानमन्त्री ओलीले प्राकृतिक रूपमा उर्बर र ज्ञानभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नभए पनि पछाडि पर्न गएकामा अब समृद्धिका लागि सबै मिलेर केही गर्ने समय आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । निराशाको बादल छाडेर उत्साह र आशामा लागेका युवाहरू छनोट गर्नु निकै कठिन काम हो ।

म तपाईंहरूलाई बधाई भन्न चाहान्छु । मेरो भनाइ यति हो, युवाले आफूभित्र घमण्ड पस्न दिनुहुँदैन । हरेक मान्छेले आफ्नो आचरण, महेनत र सम्भावनालाई पहिल्याउनुपर्छ ।” रासस