१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलबम संस्कृतिले मधेस र काठमाडौंलाई जोडन सफल : प्रभु साह



फाइल फोटो
अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसको बोलबम संस्कृतिले मधेस र काठमाडौंलाई जोडन सफल भएको बताएका छन् ।

ओम बोलबम काँवरिया संघ काठमाडौंले आज काठमाडौंको जोरपाटीमा आयोजित ११औँ सत्यनारायण भगवानको पूजामा सहभागि आजपा अध्यक्ष साहले मधेसको बोलबम संस्कृती काठमाडौंमा स्थापित भएको बताए ।

‘शिवको पवित्र धर्ती काठमाडौंमा बोलबम संस्कृति स्थापित भएको छ । तपाईहरु निजि सम्पती खर्च गरेर शिवभक्ती, समाज एवं विश्वको कल्याणमा लाग्नुभएको छ ।

सत्यनारायण, सरस्वती पुजा, छठ पर्व, लक्ष्मी पुजा, विश्वकर्मा पुजा, ब्रह्मबाबाको पुजा तपाई हामीले निजि सम्पती खर्च गरेर पनि धर्मसंस्कृती जोगाउन सफल भएका छौं,’ आजपा अध्यक्ष साहले भने, ‘तर सरकार र राज्य यस बारेमा मौन छ । सरकारी मान्छेहरु चाडपर्वको नाममा १३ महिनाको तलबभत्ता खाएर पनि उनीहरुले संरक्षण गर्न सकेका छैनन् ।’

मधेसमा धुमधामसंग मनाउने बिभिन्न चाडपर्व अहिले काठमाडौंको पवित्र धर्तीमा पनि मनाउन थालिएको बताउदै उनले अब आउने दिनमा मधेसको गाउँ गाउँमा ग्राम देवताको रुपमा पुजा गरिने ब्रह्मबाबाको मन्दिर पनि काठमाडौंमा स्थापना गर्न आवश्यक रहेको बताए ।

काठमाडौंमा ब्रह्मबाबाको मन्दिर नभएको बताउदै मौलापुर नगरपालिकाले काठमाडौंमा ब्रह्मबाबाको मन्दिर स्थापना गर्न खोजेको उनले बताए । ‘हामी सबैको ग्राम देवता, हामीले ग्राम देवताको रुपमा पुजा गर्दै आएको ब्रह्मबाबाको मन्दिर छिटै नै तपाईहरुको साथ सहयोगले काठमाडौं स्थापना हुने विश्वास मलाई छ,’ आजपा अध्यक्ष साहले भने ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कर आतंक, लुट बढदै गइरहेको बताउदै उनले भगवान शिवले ति लुटेरा, भ्रष्टाचारीहरुलाई नास गर्ने विश्वास हुने व्यक्त गरे । असत्यमाथि सत्यको सधै बिजयी हुने बताउदै समाजमा बिकृती, विसंगती, आपराध बढदै गए भगवानले उनीहरुको नास गर्दै आएको इतिहास रहेको भन्दै उनले रामायण, महाभारतको स्मरण गरे ।

ओम बोलबम काँवरिया संघ काठमाडौंका अध्यक्ष रामऔतार पंडितको अध्यक्षतामा भएको कार्यक्रममा नारायण सुवेदी, सुभाष साह, विर्सेनप्रसाद कुशवाहा, सुनिल ठाकुर, रन्जु साह, बालकृष्ण सापकोटा, वीरेन्द्र ठाकुर, अर्चना झा, गौरिशंकर साह, रामायण गुप्ता, सुजल लामा लगायतको विशेष सहभागिता रहेको थियो ।