१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्यौपाने

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्यौपाने
अ अ+ अ-

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवाका लागि अङ्क प्राप्त गर्ने माध्यमका रूपमा सीमित राख्न नहुने बताउनुभएको छ ।

उहाँले तालिमलाई कार्यक्षेत्रमा दक्ष, चुस्त–दुरुस्त र जनमुखी सेवा प्रवाह गर्न सक्नेगरी प्रभावकारी प्रशिक्षणका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयअन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीका लागि ३२ दिने सेवाकालीन तालिमको आज यहाँ शुभारम्भ गर्दै उहाँले तालिमबाट कार्यक्षेत्रमा आवश्यक ज्ञान र सीप प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री न्यौपानेले सबै सेवा समूहका कर्मचारीलाई एउटै ढाँचामा तालिम दिने प्रवृत्तिले अपेक्षित नतिजा ल्याउन नसक्ने बताउँदै सम्भव भएसम्म सेवा समूहअनुसार विशिष्ट ज्ञान तथा सीप प्रदान गर्ने तालिम प्रणाली विकास गर्नुपर्ने बताउनुभयो ।

“तालिमले कर्मचारीको ज्ञान मात्र होइन, व्यवहारिक दक्षता, जिम्मेवारीबोध र जनतासँगको सम्पर्क सुधारमा प्रत्यक्ष योगदान पु¥याउनुपर्छ । त्यसैले सबै समूहका जनशक्तिलाई एउटै खालको तालिम दिएर हुँदैन । सेवा प्रवाह पारदर्शी, परिणाममुखी र समयमै उपलब्ध हुने खाल ज्ञान हासिल गर्न सोहीअनुसार तालिम प्रणालीको विकास आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री न्यौपानेले यस प्रकारका प्रशिक्षणले प्रशासनिक कार्यसम्पादनमा गुणस्तरीय सुधार ल्याएर जनताको विश्वास पुनःस्थापित गर्ने, उत्तरदायित्व अभिवृद्धि गर्ने र नीति–कार्यन्वयन प्रक्रियालाई तीव्र बनाउन सहयोग पु¥याउने धारणा राख्नुभयो ।

कार्यक्रममा मन्त्रालयका उपसचिव, प्रतिष्ठानका कार्यकारी निर्देशक, वरिष्ठ प्रशिक्षकलगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा तालिमका लक्ष्य, कार्ययोजना र विषयवस्तुबारे जानकारी गराइएको थियो । रासस