२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधारभूत अस्पताललाई बजेट अभाव



अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन् । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन सकेको छैन् ।

विक्रम संवत् २०७७ मङ्सिर १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गर्नुभएको थियो । सोही कार्यक्रमअन्तर्गत लालझाडी–३ नन्दगाउँमा आधारभूत अस्पतालका लागि पूर्वाधार निर्माण गरिएको हो । करिब रु ६ करोडको लागतमा पूर्वाधार निर्माण गरिएको हो ।

“बजेट र जनशक्ति नहँुदा सञ्चालन गर्न समस्या भएको छ”, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भन्नुभयो । स्थानीय तहसँग आन्तरिक आयस्रोत न्यून रहेकाले अस्पताल सञ्चालन गर्न सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक भएको उहाँको भनाइ छ ।

सो स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीयले उपचारका लागि धनगढी र महेन्द्रनगर धाउनुपर्ने बाध्यता छ । लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले आधारभूत अस्पताल सञ्चालन गर्न मन्त्रालयले कार्यविधि तयार गरेको भए पनि त्यसअनुसार उपकरण र जनशक्ति व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँका अनुसार आधारभूत अस्पतालका लागि दुई चिकित्सकसहित २२ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ ।

“अस्पताल सञ्चालका लागि हामीले अघिल्लो वर्ष नै पाँच जना माग गरेका थियौँ, उपकरण उपलब्ध नभएकाले पद आपूर्ति प्रक्रिया पनि रोकिएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष पालिकाले अस्पताल सञ्चालन गर्न रु ८० लाख विनियोजन गरेको छ ।”