२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना संग सम्बन्धित सेमिनार सुरु



अ+ अ-

फुजुयान,चीन: चीनको फुजुयान प्रान्त सरकारको “इन्टरनेशनल इकोनोमिक को अपरेसन सेन्टर”को आयोजनामा “सेमिनार फर पोलिटिकल पार्टी क्याडर्स फ्रम बि आर आइ कन्ट्रिज” शीर्षकको बीस दिने सेमिनार फुजियान प्रान्तको फुचो शहरस्थित ग्य्राण्ड होटलमा सुरु भएको छ ।

सेमिनारमा बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनामा सहभागी देश नेपाल क्याम्बोडिया ,लाओस , क्यामरुन , नाइजेरिया,साउथ सुडान , क्रोएसिया , गाम्बिया , साउथ अफ्रिका का २५ जनाको सहभागिता रहेको छ ।

इन्टरनेशनल इकोनोमिक को अपरेसन सेन्टरका महानिर्देशक वाङ एनले एउटा संक्षिप्त बक्तव्य दिदै सम्मेलनको सुरु गर्नुभयो ।

महानिर्देशक वाङले पारस्परिक हित र समानताका बिषयमा चीन प्रतिबद्ध रहेको उल्लेख गर्दे बहुआयामिक तथा व्याबहारिक सहकार्य अपनाईने बताउनु भयो ।

डिजिटल ईकोनोमी ईकोलोजीकल डेभलपमेन्ट एण्ड ग्लोबल भिजन सहित फुजियान प्रान्तले आफ्नो ईनोभेसन मार्फत नयाँ ईतिहास लेखेको कुरामा जोड दिनु भयो ।

महानिर्देशकले बर्तमान चिनिया राष्ट्रपति सि जिङपिङले साढे सत्र बर्षसम्म फुजियान प्रान्तमा रही काम गरेको स्मरण गर्दे फुजियान र राष्ट्रपति बिच गाढा सम्बन्ध रहेको जानकारी गराउनु भयो ।

सेमिनारमा फुजियान प्रान्तको केस स्टडिसतिह १५ वटा शीषृक मा छलफल र बिकास संग सम्बन्धित बिभिन्न स्थानको अबलोकन भ्रमण समेत समावेश गरिएको छ ।

सहभागीहरुका तर्फबाट सेमिनार आयोजकलाई धन्यबाद दिईएको थियो ।




भर्खरै