१ भाद्र २०८३, सोमबार
,
Latest
सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रश्ताव



अ+ अ-

काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रश्ताव दर्ता गराएका छन् ।

प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा दश वटा समूहमा २५ जना सांसदहरुले संशोधन प्रश्ताव राखेका हुन् ।

सांसदहरूद्वारा दर्ता गरिएको संशोधन प्रश्तावले विधेयकमा समावेश अस्पष्ट प्रावधानहरू सच्याउने अपेक्षा गरिएको छ । विधायन व्यवस्थापन समितिले सोमवारदेखि विधेयकमाथि छलफल समेत थालेको छ । विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोवास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्नसक्ने’ व्यवस्था राखिएको छ ।

त्यस्तै, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ ।