२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रालय



अ+ अ-

काठमाडौँ । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । जेठ ५ गते बसेको मन्त्रीपरिषद्ले लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

यदि सबै काम सकिए आजै नक्सा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । मन्त्रालयमा हिजो भएको छलफलअनुसार आज ११ बजे नक्सा सार्वजनिक गर्ने तयारी थियो । नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रीका निजी सचिवालय लागेको मन्त्रालयका एक पदाधिकारीले बताए ।

मन्त्रीपरिषद्ले निर्णय गरेसँगै समाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा आएका नक्सा त्रुटिपूर्ण रहेको मन्त्री पद्मा आर्यालले स्वयम् भनेकी छिन् । उनले समाजिक सञ्जालमार्फत त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेकी थिइन् । मन्त्रीपरिषद्ले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको बताउँदै उनले त्यतिबेलासम्म धैर्य गर्न आग्रह गरेकी थिइन् ।