२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनदेखि कालीगण्डकी ‘करिडोर’ ठप्प



अ+ अ-

गलकोट । अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी ‘करिडोर’को बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन आइतबार दिनभर दुई स्काभेटर प्रयोग गरे पनि पहिरो ठूलो भएकाले अहिलेसम्म सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उक्त खण्डमा यातयता ठप्प हुँदा यात्रुलाई समस्या भएको छ । ठूला–ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ । कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरेर आज बिहानैदेखि पहिरो पन्छ्याउने काम पुनः थालिएको छ । रासस