काठमाडाैंः प्रेस कार्ड बोकी चोरी डकैतीमा संलग्न दुइ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
विश्वव्यापी कोरोना भाइरसको महामारीको अवस्थामा भएको लकडाउनको मौका छोपी रात तथा दिनको समयमा बिगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न स्थानमा चोरीका घटनाहरु हुन थालेपछि प्रहरी टाेलीले सिनामंगलस्थित एरेर बाेइज हाेस्टेलबाट सामान चाेरीकाे अभियाेगमा दुइ जनालाइ पक्राउ गरेकाे छ ।
पक्राउ परेकाहरूमा २१ वर्षीय आश्रय रिजाल हिमाल, हम्मे भन्ने हिमाल रसाईली तथा २८ वर्षीय अलि आलम मिया (जिल्ला बारा बड्की फुलबारी गा.पा. ३) रहेका छन् । प्रहरीले उनीहरूकाे साथबाट एप्पल कम्पनीको ल्यापटप १ थान, एप्पल कम्पनीको I pad २ थान, बिभिन्न ब्राण्ड माेबाइल ६ थान, धारिलो हतियार ३ थान, प्रोजेक्टर २ थान, Canon क्यामेरा १ थान, बा.२७ प.९४९० नम्बरको Avenger मो.सा. १ थान तथा AP1 टिभीको प्रेस कार्ड रहेका छन् ।
साथै प्रहरीले उनीहरूकाे साथमा झाेला जाँच गर्दा नगद रु ५३ हजार, अमेरिकन डलर तीन सय, चिनियाँ युयान २०० पनि फेला पारेकाे महानगरीय प्रहरी महाशाखाले जनाएकाे छ ।