१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

१८ पुरुष र ७ महिलामा देखियो कोरोना संक्रमण

१८ पुरुष र ७ महिलामा देखियो कोरोना संक्रमण
अ अ+ अ-

काठमाडौं । रुपन्देहीको नयाँमिलमा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मिका कोरोना संक्रमितको मृत्यु भएको समाचार स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ ।  

अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको भनि विभिन्न सञ्चार माध्यम र समाकाजिक सञ्जालमा आएको समाचार मन्त्रालयले खण्डन गरेको हो । मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले संक्रमितको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताउनुभयो । यो भन्दा पहिले पनि सञ्चारमाध्यमहरुमा विभिन्न कुराहरु आएको उल्लेख गर्दै उहाँले संवेदनशिल घडीमा समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनालाई आधार मान्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभो, ‘‘क्रिमसन अस्पतालमा उपचारको क्रममा रहेका व्यक्ति भेन्टिलेटरमा रहनुभएको छ । स्वास्थ्य अवस्था गम्भिर रहेको छ । यो भन्दा अगाडी पनि विभन्न सञ्चार माध्यममा विभिन्न कुरा आएका थिए । यस्ता समाचार प्रकाशन र प्रसारण गर्दा आधिकारिक सूचना प्रकाशन भएपछि मात्र गर्न आग्रह गर्दछु । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’’ 

मन्त्रालयका अनुसार बुधबार २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १८ जना पुरुष र ७ जना महिला संक्रमित थपिएका हुन् । बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यस्तै नवपरासीमा १, कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ । बुधबार ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोसी अस्पतालमा उपचाररत उदयपुरमा रहेका ८ जना पुरुषहरु डिस्र्चाज भएका हुन् । उनीहरु २९ देखि ३३ औं दिनसम्म अस्पतालमा उपचररत रहेका थिए । अहिलेसम्म नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

बुधबारसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट ७५ हजार ७२ वटा परीक्षण भएको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय ८८ र आरडिटी विधिबाट ३ हजार ६ सय १० वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ९ हजार ६ सय २२, प्रदेश नम्बर २ मा ६ हजार २ सय ३४ र बागमती प्रदेशमा १५ हजार ७ सय ३१ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा ९ हजार ७ सय ३९, कर्णाली प्रदेशमा ७ हजार ६ सय ३४ र सुदूरपश्चिम प्र्रदेशमा १९ हजार ९४ वटा आरडिटी परीक्षण भएको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर ५ मा १४ हजार २ सय ६२ गरी देशभरी २३ हजार २ सय २ जना क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालयले स्वइच्छाले पीसीआर परीक्षण गराउन चाहानेहरुका लागि अहिलेसम्म शूल्क निर्धारण नभएको जनाएको छ । सरकारी तथा सामुदायिक अस्पतालले तोकिएको दररेटमा परीक्षण गराउन पाउने नीतिगत निर्णय अहिलेसम्म शूल्क निर्धारण नभएको प्रवक्ता डा. देवकोटो बताउनुभयो । संक्रमितको संख्या बढिरहेका कारण पीसीआर परीक्षणको दायरा बढाउन यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।