३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

पर्यटकीयस्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

पर्यटकीयस्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान
अ+ अ-

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् ।

वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षरोण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्नेलगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उहाँको भनाइ छ ।

“श्रमदानबाट गङ्गा खोलाको संरक्षण गरिरहेका छौँ”अध्यक्ष आर्चायले भन्नुभयो,“मानिसको आवतजावतलाई सहज बनाउन बाटो मर्मत गर्ने बिरुवा रोप्ने, झाडी हटाउने लगायतका काम गरिरहेका छौँ ।” गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तर तर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचर्यले बताउनुभयो । यो क्षेत्रको विकासको लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले श्रमदानसँगै केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ ।

गोल्मे–गङ्गा पर्यटन प्रवद्र्धन समितिको संयोजन र वडाको पहलमा श्रमदान अभियान सञ्चालन भइरहेको अध्यक्ष आचार्यले बताउनुभयो । गत वर्षबाट नै श्रमदानमार्फत यहाँ काम गर्दै आएको उहाँको भनाइ छ । प्रत्येक हप्ताको शनिबारको दिन गङ्गा खोलामा श्रमदान हुँदै आएको छ । गङ्गा खोलाको समग्र विकास, पर्यटन प्रवद्र्धन र संरक्षणको लागि वडाको निर्णय अनुसार संरक्षण श्रमदान भइरहेको छ ।

वडाका स्थानीयबासी एकजुट भएर गङ्गा खोलाको संरक्षण गरिरहेको गोल्मे–गङ्गा पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिनुभयो । ढुङ्गाको कापबाट उम्रिएका तीन वटा पानीको ठूला मुहान रहेको यो स्थानमा दर्शन गरे मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजनहरु आउने अध्यक्ष राईले जानकारी दिनुभयो ।

अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीयस्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उहाँको भनाइ छ । स्थानीयस्तरबाट यहाँको संरक्षणको काम थालिएको उहाँले जानकारी दिनुभयो । यहाँको पानीले नुहाएमा छालाको रोग निको हुने तथा कुनै पनि पुण्य कर्ममा चढाउने चलन रहेको उहाँले जानकारी दिनुभयो । यहाँ माघे सङ्क्रातिमा भव्य मेला लाग्ने गरेको छ । रासस