२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते



अ+ अ-

सर्लाही। जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आज यहाँको बरहथवा र हरिवनमा भएका घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बरहथवा नगरपालिका–१६ मा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कबिलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिर रहनुभएको छ ।

खोला तरेर खेतमा जाने क्रममा उहाँ बेपत्ता हुनुभएकामा प्रहरीसहित स्थानीयले खोजी गर्दा बरहथवा—१९ र चक्रघट्टा गाउँपालिकाको सीमास्थित लखन्देही खोला किनारमा मृत फेला पर्नुभएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी हरिवन नगरपालिका–१०, सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार १४ वर्षीया दिपीका बुढाथोकीको मृत्यु भएको हो । प्रदेश ०२–०३–०१९ प ५४०८ नं को मोटरसाइकलले बालिका सवार साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन् ।रासस