१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

भारतले भन्यो नेपालले जारी गरेको नक्सा अस्वीकार्य

भारतले भन्यो नेपालले जारी गरेको नक्सा अस्वीकार्य
अ अ+ अ-

काठमाडौँ । आफ्नो गुमेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतकाे जमिन समेटेर नेपालले सार्वजनिक गरेको नयाँ नक्सा अस्वीकार्य रहेको भारतले जनाएको छ । 

भारतीय विदेश मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गरेर यस्ताे प्रतिक्रिया दिएको हो । भारतले नेपालले जारी गरेको नक्सालाई एकतर्फी भन्दै त्यो नयाँ नक्सा अस्वीकार्य रहेको जानकारी गराएको हो । 

भारतीय विदेश मन्त्रालयले यस्तो कार्यलाई गैरकूटनीतिक रुपमा लिएको जनाएको छ । यस्ता कार्यले विवाद समाधान गर्ने कामका लागि पनि बाधक हुने सो विज्ञप्तिमा जनाइएको छ । 

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेकाे उक्त विज्ञप्तिमा नेपालले एकतर्फी रुपमा जारी गरेको सो नक्सामा कुनै ऐतिहासिक आधार नरहेको भन्दै यसरी एकतर्फी रुपमा गरेका कार्यले दुई देशका कतिपय सीमासम्बन्धी समस्याहरु कूटनीतिक माध्यमबाट समाधान गर्ने कामका लागि पनि बाधा सिर्जना गर्ने उल्लेख छ ।  

यस्तो कार्य बन्द गर्न, भारतीय सार्वभौमिकताको सम्मान गर्न भन्दै सो विज्ञप्तिमा आगामी दिनमा पनि सबै समस्याहरु कूटनीतिक माध्यमबाट समाधान गर्नेतर्फ सोच्न नेपालको नेतृत्वलाई भारतले आग्रह गरेको छ ।

भारतले यसअघि गत वर्ष उक्त इलाका समेटर भारतकाे नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेकाे थियाे । साथै गत साता भारतीय रक्षामन्त्री राजनाथ सिंहले कालापानी क्षेत्रमा भारतीय सेनाले तयार पारेकाे सडककाे उदघाटन गरेका थिए ।

नेपालले भारतका उक्त दुबै कार्यकाे कडा शब्दमा निन्दा गर्दै उक्त क्षेत्रहरू नेपालकाे भएकाे एतिहासिक दस्ताबेजहरू नेपालसँग सुरक्षित रहेकाे जनाएकाे छ । नेपाली भूमिमा भारतीय फाैज बसेकाे भन्दै नेपालले उक्त क्षेत्रका बारेमा कुटनीतिक तहमा वार्ता गर्न र सीमा समस्याहरू सुल्झाउन तत्पर रहेपनि भारतले एकतर्फी रूपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा फाैज तैनाथ गर्नुका साथै अरू सैन्य गतिविधि गरिरहेकाे छ ।