२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं। स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रिक्वाटरफाइनल पुग्ने बाँकी १४ टिमको पनि टुंगो लागेको प्रतियोगिता संयोजक सुदर्शन जमकटेलले जनाएका छन् ।

प्रिक्वाटरफाइनल पुग्ने अन्य टिममा पिस प्वाइन्ट, ब्रम्हकुञ्ज, रिब्स, स्वेता सदन, बाल विकास, शुभकामना, सन्दिपनी ज्ञान मन्दिर, ह्वाइट हेभन, नोबेल, मनास्लु, एकलब्य, कौशल, एक्टिभ र गोकर्णेश्वर लाइट एकेडेमी रहेका छन् ।

सुकेधारास्थित बागमती स्कुलमा भइरहेको प्रतियोगतामा काठमाडौं महानगर र काठमाडौंका विभिन्न ९ महानगरपालिका विद्यालयका ४५ टिमको सहभागिता रहेको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।