२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटी, बल्खु बजारबाट फलफूल र तरकारी ल्याउन निषेध



अ+ अ-

ललितपुर ।  गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो ।
 
नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी गर्नुभएको सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याइ व्यापारीले बिक्री वितरण गरेको पाइएमा कडाभन्दा कडा कारवाही गरिने उल्लेख गरिएको छ । यसैगरी सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्री वितरणका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुला गर्नसमेत व्यवसायीमा अपिल गरिएको छ ।