१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

दशगजामा अलपत्र परेकालाई उद्धार गर्दै सुरक्षा निकाय

दशगजामा अलपत्र परेकालाई उद्धार गर्दै सुरक्षा निकाय
अ अ+ अ-

–शेरबहादुर सिंह

भीमदत्तनगर । नेपाल–भारत दशगजा क्षेत्रमा भारतका विभिन्न स्थानबाट आइ  अलपत्र परेका नेपालीहरुको उद्धारमा सुरक्षा निकाय खटिएका छन् । ती दुई सुरक्षा निकायले रातिको समयमा पनि  स्थानीय तहसितको समन्वयमा सेवा गरिराखेका छन् । पछिल्लो समय कञ्चनपुरको माहाकाली नगरपालिकाबाट भारतका विभिन्न क्षेत्रबाट आएका नेपालीहरु अवैध रुपमा नेपाल प्रदेश गर्ने क्रम बढिरहेको छ । “बितेको एक हप्तामा करिब पाँच/६ सयको हाराहारीमा नेपालीहरुलाई यहाँ ल्याएर स्वास्थ्य जाँच र क्वारेन्टिन राख्ने काम भयो ।” कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टले भने–“आज मात्रै डेढ सय जना जतिको र्यापिट टेष्ट हुदैछ ।”

उनले दोधारा चादँनी सीमा क्षेत्रमै पुगेर पीसीआर जाँचका लागि ९५ जनाको स्वाब लिइएको जानकारी दिए। “स्वाब लिएर धनगढी परीक्षणका लागि पठाउने काम हुदैछ ।” उनले भने–“३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले दोधारा चादँनीको सीमा क्षेत्रबाट २७८ जना नेपालीहरुको उद्धार गरी भीमदत्तनगरस्थित बैजनाथ स्कूलको क्वारेन्टिनमा राखिएको जानकारी दिए । “सीमामा फेरी एक सय जना भन्दा बढी जम्मा भइसकेको खबर आएको छ ।” उनले भने–“कोरोना परीक्षण गरेर सम्वन्धीत पालिका पठाउने काम हुन्छ ।”

यसअघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमावर्ती भारतीय बजारको क्वारेन्टिनका ४५ दिन बसेका २४२ जना नेपाली नागरिकहरुलाई उद्धार गरी ल्याएको थियो । उनीहरुलाई ¥यापिट टेष्ट गरेर नेगेटिभ आएपछि सम्वन्धीत गाउँपालिका पठाइएको थियो । दशगजामा अलपत्र यात्रुहरुलाई केही दिनयता माहाकाली नगरपालिकाले आवश्यक व्यवस्था गर्दै आएको छ । त्यसैगरी भीमदत्तनगरपालिकाले भारतबाट आउने नागरिकहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन यहाँका स्कूलहरुमा त्यसको प्रवन्ध मिलाइरहेको जनाएको छ । भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले दशगजाभित्र आइसकेकाहरुलाई उद्धार गरी क्वारेन्टिनमा राख्ने विषयमा आफूहरु पहल गरिरहेको जानकारी दिए ।  “दशगजामै नागरिकहरु अलपत्र परेर भोकै बस्ने स्थिती आउन थालेपछि हामीले त्यहाँबाट क्रमिक रुपमा उद्धार गरी स्वास्थ्य परीक्षणपछि सम्वन्धीत पालिका पठाउने कुरामा समन्वय गरिरहेका छौं ।” उनले भने–“पछिल्लो समय दोधारा चादँनीदेखि ब्रह्मदेव क्षेत्रबाट आउने क्रम रोकिएको छैन ।”

भीमदत्तनगरपालिकाले नगरपालिकाका १९ वटै वडाका सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाउन गृहकार्य समेत गरिरहेको उनले बताए । “दशगजाबाट ल्याएर परीक्षण नहुँदासम्मका लागि क्वारेन्टिनमा राख्ने प्रवन्ध मिलाएका छौं ।” उहाँले भन्नुभयो–“भीमदत्तनगरपालिकाका बाहिरबाट आएका नागरिकहरुले पुर्ण रुपमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।” उनले क्वारेन्टिन व्यवस्थापन र खानपिनको व्यवस्थाका लागि नगरपालिका र वडा कार्यालयले आर्थिक व्यवस्थापन गरिरहेको बताए। “समस्या परेमा प्रदेश र संघ सरकारसित पनि गुहार माग्छौं ।” उहाँले भन्नुभयो–“अलपत्र नागरिकलाई सम्वन्धीत पालिकाले आ–आफ्नै क्षेत्रको क्वारेन्टिनमा राख्नु नै उत्तम विकल्प हुनेछ ।”