१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सरकारको व्यवस्थापकीय कमजोरीले कोरोना संक्रमण जोखिम बढ्दो

सरकारको व्यवस्थापकीय कमजोरीले कोरोना संक्रमण जोखिम बढ्दो
अ अ+ अ-

भद्रपुर । पूर्वी दक्षिणी झापाको कचनकवल गाउँ पालिकामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति राख्न निर्मित क्वारेन्टिन व्यवस्थापनमा लापरवाहीकै कारण संक्रमितको संख्या बढ्ने देखिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिहरूका अनुसार न्युनतम मापदण्ड समेत कायम नगरी निर्माण गरिएका क्वारेन्टिन भवनमा खाने, बस्ने व्यवस्थापनबाटै कोरोना संक्रमण फैलेको हो ।

छिमेकी देश भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न सहज बाटो बनिएको कचनकवलमा भारत लगायत देशबाट आउने व्यक्तिलाई राख्न निर्मित क्वारेन्टिन भीडभाड जोड्ने आधारका रूपमा विकसित हुँदै जाँदा त्यँहा रहेका व्यक्तिमा कोरोना संक्रमण जोखिम बढेको हो ।

स्थानीयका अनुसार कचनकवलका पाठामारी, केचना र घेरावारी क्षेत्रका नाकाबाट भारतका विभिन्न शहरमा कामका लागि गएका व्यक्तिहरू सहजै प्रवेश गर्ने गरेका छन् । त्यहाँका स्थानीय व्यक्तिहरूले भारतबाट लुकीछिपी आउनेलाई क्वारेन्टिनमा बस्न सुल्भाए अनुसार क्वारेन्टिन पुग्ने गरेका हुन् । तर, गाउँ पालिकाले निर्माण गरेका क्वारेन्टिन भवनहरू व्यवस्थित नभएकै कारण कोरोना संक्रमितको संख्या उल्लेख्य बढ्ने अवस्था आएको स्थानीय अब्दुल अन्सारीको भनाइ छ ।

 पथरिया माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय एक युवामा सोमवार परीक्षणका क्रममा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । मंगलवारको परीक्षण रिपोर्टले  ९ जना थपिएका थिए भने विहिवारको परीक्षण रिर्पोटले १५ जनामा कोरोना पुष्टि गरेसँगैै कचनकवलमा मात्र कोरोना संक्रमितको संख्या २५ पुगेको छ ।  यसअघि झापामा संक्रमित देखिएका बाह्रदशी र दमकका दुई जना उपचारपछि घर फर्किसकेका छन् ।

 कचनकवल नाका भित्र शनिवार भारतको मुम्बइबाट दिल्ली हुँदै लुकिछिपी आएका ३३ जनालाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएर पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरुमध्ये २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टिभएको छ । रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए ।

कचनकवल गाउँपालिकाका विभिन्न नाकाका भारतीय सीमा क्षेत्रबाट चार दिनभित्र मात्र १ सय ४६ जना नेपाल प्रवेश गरेका छन् । मकैबारीबाट नेपाल प्रवेश गरेका भनिएका उनीहरूलाई गाउँ पालिकाले सधै ट्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टिनमा राखिएको कचनकवल गाउँपालिकाका क्वारेन्टिन संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष विजयकुमार राजवंशीले बताए ।

भारतसँग सीमा जोडिएको कचनकवलमा एकै पटक २५ जनामा संक्रमण देखिएपछि गाउँपालिका  ५ दिनका लागि सिल  गरिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बुधबार बैठक बसेर गाउँ सिलको निर्णय भएको बताए ।

वडाध्यक्ष राजवंशीका अनुसार संक्रमित सवै सहित ३३ जना पथरिया माविको क्वारेन्टिनमा बसेका थिए । विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थित छैन । संक्रमित भेटिएका सवै जना एउटै कोठामा नअटेपछि उनीहरूलाई क्वारेन्टिनमा बसेका अरूसँगै राखिएको वडाध्यक्ष राजवंशीले बताए । जसका कारण अरूमा पनि संक्रमण सर्ने खतरा रहेको छ । त्यसैले सबैको स्वाब संकलन गरेर पठाएका छौँ राजवंशीले प्रष्ट पारे ।

संक्रमित र अरू क्वारेन्टाइनमा बसेका सबैले प्रयोग गर्ने शौचालय समेत एउटै रहेको उनले बताए । ‘जम्मा दुईवटा शौचालय थिए,’ राजवंशीले भने, ‘सबैले एउटै शौचालय प्रयोग गर्थे ।’ स्थानीय तहमा विद्यमान बजेटले क्वारेन्टिन व्यवस्थित गर्न नसकिएको उनले बताए । ‘क्वारेन्टाइन व्यवस्थापनमा ठूलो चुनौति रहेको  छ ।

केन्द्रले हेर्दैन, स्थानीय तहले मात्र के गर्ने ?’ राजवंशीले भने, ‘एउटै कोठामा १० जनासम्म राख्नुपरेको छ । यसले गर्दा पनि समस्या निम्तिएको छ । सिमावर्ती क्षेत्रका स्थानीय तहमा खुला सीमाबाट लुकिछिपी आउने नागरिकका कारण हैरान भएका छन् ।

प्रत्यक्षदर्शी स्थानीयका अनुसार क्वारेन्टिनमा रहेका मानिसको खानपान, बसोबास हेर्दा विवाह, व्रतमन्न भोजमा सामेत भए जस्तो सामुहिक शैलिको देखिने गरेको छ । एक जना संक्रमितका कारण सवै संक्रमित हुनु पर्ने अवस्था क्वारेन्टिनबाटै निर्मित भएको त्यँहा रहेका व्यक्तिहरूको गुनासो छ ।