७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रधानमन्त्रीबाट गाईजात्रा पर्वको शुभकामना

प्रधानमन्त्रीबाट गाईजात्रा पर्वको शुभकामना
अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै ‘गाईजात्राले मृत्यु शोकमा रहेका परिवारलाई सान्त्वना र सामाजिक सद्भावको सन्देश दिओस्’ भन्ने आशा व्यक्त गर्नुभएको छ।

उहाँले मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भई प्रताप मल्लको शासनकालदेखि देशभर मनाउन थालिएको यस पर्वको सुरुवात मृत्यु शोकमा रहेका परिवारलाई सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिने उद्देश्यले भएको उल्लेख गर्नु भएको छ। ‘आज गाईजात्रा पर्व, मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भएको यस पर्वलाई प्रताप मल्लको समयदेखि देशैभर मनाउन थालिएको थियो, मृत्यु शोकमा रहेका परिवारले आ-आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको मानिन्छ’, सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्रीले दिनुभएको सन्देशमा लेखिएको छ ।

गाईजात्रा सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको भए पनि समय क्रममा यसले हास्यव्यङ्ग्य र स्वस्थ मनोरञ्जनको स्वरूप पाएको उहाँको भनाइ छ। ‘सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको याे पर्व समय क्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ, ई जात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस्, यस पर्वलाई व्यङ्ग्य विनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस्,सबैलाई गाइजात्राको हार्दिक शुभकामना !’, उहाँले लेख्नु भएको छ ।