२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा मीनीट्रक दुर्घटना, चार जना घाईते



अ+ अ-

डोटी । डोटीमा मीनीट्रक दुर्घटना हुँदा चार जना घाईते भएका छन् । निर्माणाधिन मौरासेन सेती हाईड्रो पावरका कामदार ल्याएर आउदै गरेका बा २ क २७३९ नम्बरको मीनीट्रक जिल्लाको बोगटान गाउँपालिकामा दुर्घटना भएको हो ।

मीनीट्रक दुर्घटनामा घाईते हुनेहरुमा बाँकेको गुरुवा गाउँपालिका ५ बयलपुरका चालक ३० वर्षीय रमाल वाया, बाँकेको राजापुर २ का ५० वर्षीय शान्त मल्ल, रामेछाप लिखु गाउँपालिका ६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ र भारतको हससोलका ५५ वर्षीय किशोर सिंह रहेका छन् ।

उनीहरु मल्लको दाहिने खुट्टा भाचिएको र छातीमा गम्भीर चोट लागेको छ भने सिंहको बाया खुट्टा, टाउको र छातीमा चोट लागेकाले उनको अवस्था पनि गम्भीर रहेको छ ।

घाइते चारै जनालाई जिल्ला प्रशासनको पहलमा माउण्टेन एभरेष्टको प्राईभेट हेलीकोप्टर मार्फत थप उपचारका लागि सुर्खेत लगिको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए ।