२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दोमा ४ पदक



अ+ अ-

काठमाडौँ: नेपाली तेक्वान्दो खेलाडीले आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार ३ स्वर्ण र १ रजत गरी ३ पदक जितेका छन् ।

मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ तथा स्पिड किकमा आयुश बोहराले नेपाललाई स्वर्ण दिलाए । केनिशले मलेसिया, गोविन्दले पाकिस्तान तथा आयुशले मलेसियाका खेलाडीलाई पराजित गरेको प्रशिक्षक श्रीकृष्ण खड्काले जनाएका छन् ।

पुरुष ७४ केजीमुनि सन्दिप बस्नेतले रजत हात पारे । सन्दिप फाइनलमा पाकिस्तानी खेलाडीसंग पराजित भए । टोली प्रमुखमा महेन्द्रराज घिमिरे तथा व्यवस्थापकमा गणेशबहादुर खड्का रहेका छन् ।