३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य

समाजवादीमा ‘सिनो’को मुद्दा सुक्यो, झलनाथलाई कस्ने !

समाजवादीमा ‘सिनो’को मुद्दा सुक्यो, झलनाथलाई कस्ने  !
अ+ अ-

काठमाडौं । चार वर्षअघि नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादी फुटको संघारमा पुगेको छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको वाकयुद्ध अहिले चरम उत्कर्षमा पुगेको छ ।

दुई नेताले पार्टीमा अलग–अलग गुट बनाएर आफ्नो शक्ति देखाउन सुरु गरेका छन् । कतिसम्म भने यसअघि अध्यक्ष नेपालले किनारा लगाउन खोजेका नेताहरुलाई नै अहिले आफ्नो बनाउन खोजेको छ । अध्यक्ष नेपालले खनाललाई कारबाही गर्नेसम्मको तयारी थालेका छन् ।

अध्यक्ष नेपालविरुद्ध खनालले आक्रोसपूर्ण अभिव्यक्ति दिन थालेपछि चार दिनअघि नेपालले खनाललाई टेलिफोन गरेका थिए । त्यस क्रममा नेपालले खनाललाई पार्टी नीति, विचार, सिद्धान्त र नेतृत्वविरुद्ध नबोल्न चेतावनी दिएका थिए । तर खनालले आफ्ना अभिव्यक्तिको बचाउ गरेका थिए । त्यसपछि टेलिफोनमै दुई नेताबीच गालीगलौज भएको स्रोतले जनाएको छ ।

त्यसो त नेतृ रामकुमारी झाँक्री अध्यक्ष नेपालसँग आक्रोसित हुँदै आएकी छन् । अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेपछि पद छाड्नुपर्ने पक्षमा रहेकी झाँक्रीले सार्वजनिक रुपमै सिनो बोकेर हिँड्न नसक्ने टिप्पणी गरेकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीभित्र हलचल नै मच्चिएको थियो । त्यति मात्र होइन, पार्टीले झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । उनलाई पार्टीले निस्कासन गर्ने तयारी भइरहेका बेला अध्यक्ष नेपालसँग सम्मानित नेता खनालको आरोप प्रत्यारोप चलेको हो । तर खनालसँग दुरी बढेपछि नेपालले ‘सिनो बोक्न नसक्ने’ अभिव्यक्ति दिने झाँक्रीलाई कारबाही नगर्ने मनस्थिति बनाएको बताइएको छ ।

यो पनि पढ्नुहोस: माधवलाई झलनाथको जवाफ- जबज मान्ने भए एमालेमा गए हुन्छ,किन यता बसेको ?

पार्टीभित्रको विवाद बढ्दै गएपछि महासचिव घनश्याम भुसालले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

महासचिव भुसालले सुरुमा आगामी भदौ ४ गते स्थायी कमिटी बैठक, भदौ ५ गते पोलिटब्यूरो बैठक र भदौ ७ र ८ गते बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएका थिए । तर चाडपर्वको कारण देखाउँदै तीन वटै कमिटीका बैठक सारिएको छ । अब स्थायी कमिटी बैठक भदौ २५ गते, पोलिटब्यूरो बैठक २६ गते र केन्द्रीय कमिटी बैठक २७ र २८ गते बस्ने तय भएको छ ।

यो पनि पढ्नुहाेस- झलनाथलाई माधव नेपालले भने: विद्रोहको औचित्य छैन भन्ने लाग्छ भने ओलीजीको सेवा गरेर बसे हुन्छ

खनाललाई कारबाही गर्ने तयारी स्वरुप अध्यक्ष नेपालले बैठक बोलाउन लगाएका हुन् । यी बैठकमा पार्टीभित्रको अन्तरद्वन्द्वमाथि छलफल गरी खनाललाई कारबाही गर्ने र सकेसम्म पार्टीबाटै धपाउने तयारी नेपालको छ ।

तर पार्टीका औपचारिक बैठक बस्नु अघि नै दुई नेताबीचको जुहारी उत्कर्षमा पुगेको छ । एकले अर्को नेतालाई पार्टीबाट बाहिरिने चेतावनी दिने क्रम जारी छ । कतिसम्म भने एकले अर्कोलाई सैद्धान्तिक बिचलन भएको देखि भ्रष्टाचारीसम्मको आरोप लगाउन थालेका छन् । दुई नेताबीचको बढ्दो दुरीका कारण अन्य नेता पनि विभाजित मनस्थितिमा देखिएका छन् ।

कसरी सुरु भएको थियो विवाद ?

झन्डै दुई साताअघि एक टेलिभिजन कार्यक्रममा सम्मानित नेता खनालले एमालेबाट फुटेर गल्ती भएको बताएका थिए । उनले एमाले विभाजन गरी जनता समाजवादी पार्टी गठनको औचित्यसमेत चार वर्षसम्म पुष्टि हुन नसकेको मात्र भनेका थिएनन्, विभाजन नै गल्ती भएको स्वीकार गरेका थिए ।

खनालको यो अभिव्यक्तिप्रति आक्रोसित अध्यक्ष नेपालले तत्काल सार्वजनिक रुपमै खनाललाई पार्टी छाडेर जान चुनौती दिए । पार्टीको नीति र सिद्धान्तअनुसार चल्न नसक्नेहरु बाहिरिएकै उचित हुने भन्दै नेपालले आक्रोस व्यक्त गरेका थिए ।

उनको आक्रोस त्यतिमा मात्र सीमित रहेन । खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गर्न सुझाव नै दिए ।

अध्यक्ष नेपालको जवाफ सुनेपछि खनाल थप आक्रोसित भएका छन् । उनले माधवकुमार नेपाललाई नै एमालेमा जान सुझाव दिएका छन् । खनालले नेपाललाई ‘आफ्नो अनुहार ऐनामा हेर्न’ र आफैँ एमाले फर्किनेबारे सोच्न व्यंग्यात्मक आग्रह गरेका छन् । खनालले एमालेबाट विद्रोह गरेको चार वर्ष बितिसक्दा पनि त्यसको औचित्य पुष्टि गर्न नसकेको र अध्यक्ष नेपाल आफैँले ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई त्याग्न नसकेको आरोप लगाए । नेता खनालले भने, ‘पार्टीको दशौं महाधिवेशनबाट पारित वैज्ञानिक समाजवादको कार्यक्रमभन्दा पनि जनताको बहुदलीय जनवाद (जबज) तिर रुचि राख्ने माधव नेपाल चाहिँ एमाले फर्कनु राम्रो हुन्छ ।

दुई नेताबीच चर्किएको विवादका कारण पार्टीको प्रतिष्ठामै आँच पुगेको छ । पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टीको हितको रक्षा गर्नका लागि, पार्टीको अनुशासनको पालना गर्नका लागि, पार्टीको निर्णयको परिपालना गर्नका लागि भन्दै अहिले दुवै नेता आफैं अनुशासन उल्लंघन गर्दै हिँडेका छन् । कतिसम्म भने पार्टीभित्रकै बैठकमा छलफल हुनुपर्ने विषय पनि सार्वजनिक रुपमा सञ्चारमाध्यमबाट बाहिर ल्याउन थालेका छन् ।

दुवै नेताले एकले अर्कोलाई एमालेमा जान सुझाव दिँदै आएका छन् । त्यसको अर्थ दुवैलाई एमालेप्रतिको माया घटेको छैन । दुवै नेता एमालेको नेतृत्व गरिसकेका पाका व्यक्ति हुन् । अहिले आवेशमा आएर, प्रभावमा परेर होस् या दबाबमा नै किन नहोस् उनीहरुले मिलेरै चार वर्षअघि एमाले विभाजित गराएका थिए । तर त्यही एमाले दुवै नेताले एकले अर्कोलाई गन्तव्य बनाउन सुझाव दिँदै आएका छन् ।

कहाँ गएर टुंगिन सक्छ विवाद ?

नेकपा एकीकृत समाजवादीको विवाद दुई नेताका अभिव्यक्तिबाट मात्र जन्मिएको होइन । पार्टीको १० औं महाधिवेशन गर्दादेखि नै विवाद देखिएको हो ।

त्यस त्यसबेला नेपाल सर्वसम्मत अध्यक्ष बनेर खनाललाई सम्मानित नेता बनाएका थिए । महासचिवमा घनश्याम भुसाललाई ल्याइयो । तर अन्य पदाधिकारीदेखि केन्द्रीय सदस्य चयनसम्ममा दुई नेताबीच मनमुटाव बढ्यो ।

अझ पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचारको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि त झन् विवाद बढेको हो । भ्रष्टाचारको आरोप लागेपछि नेपालको सांसद पद निम्बित भएको छ । उनलाई अध्यक्षबाट पनि बाहिर बस्न खनालले अनौपचारिक ढंगले सुझाव दिएका थिए । तर, नेपालले मानेनन् । बरु भ्रष्टाचारका आरोपीको ट्याग झुन्ड्याएरै उनले पार्टीको नेतृत्व गरिरहेका छन् । जबकी यो कुरा सम्मानित नेता खनाल र नेतृ रामकुमारी झाँक्रीलगायतलाई मन परेको छैन ।

अब पार्टीको स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्दै छ । यो बैठकमा अध्यक्ष नेपालले झाँक्रीलगायतका असन्तुष्टहरुलाई कारबाही नगरी फकाएर आफ्नो पक्षमा पार्ने र खनाललाई जसरी पनि पाखा लगाउने रणनीति बनाइरहेका छन् ।

एकीकृत समाजवादीमा भर्खरै मात्र प्रवेश गरेका तेस्रो वरियताका नेता बामदेव गौतम पनि अहिले नेपालसँग असन्तुष्ट छन् । आफूलाई सहमतिअनुसार राम्रो जिम्मेवारी नदिएको भन्दै गौतम आक्रोसित बनेका छन् । उनले खनालसँग शनिबार मात्रै पनि लामो छलफल गरेका छन् । नेपाल भने गौतमलाई आफ्नो पक्षमा पारेर खनाललाई एक्ल्याउँदै पार्टीबाटै बाहिर पुर्‍याउन कसरतमा लागेका छन् ।