१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कोरोनाको औषधी भेटिएको चिनियाँ वैज्ञानिकको दाबी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

कोरोनाको औषधी भेटिएको चिनियाँ वैज्ञानिकको दाबी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
अ अ+ अ-

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट बाहिरिएको खबरमा कोरोनाको औषधी भेटिएको दाबी छ । वैज्ञानिकहरुले कोरोनाविरुद्व औषधीबाट नै उपचार गर्न सक्ने दाबी गरेका छन् ।

यदि वैज्ञानिकहरुको दाबी सहि भएमा भ्याक्सिनको पर्खाइमा बसेको विश्वलाई नै मुक्ति मिल्नेछ । जनाइएअनुसार चीनको प्रतिष्ठित पेकिंग यूनिभर्सिटीमा वेज्ञानिकहरुको टीमले औषधीको परीक्षण गरिरहेको छ ।

वैज्ञानिकहरुले बताएअनुसार परिक्षण गरिएको औषधीबाट कोरोना संक्रमितहरुको चाँडै नै निको हुनेछ र औषधीले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्नेछ । यूनिभर्सिटीका निर्देशक सुन्ने शीले बताएअनुसार जनावरमा परिक्षण गरिएको यस औषधीले निकै छोटो समयमा प्रभाव देखाएको थियो । औषधी जनावरमा सफल भएको छ ।

मुसोमा सफल प्रयोग

यूनिभर्सिटीका निर्देशक सुन्ने शीले बताएअनुसार कोरोना संक्रमित मुसामा औषधीलाई प्रयोग गर्दा पाँच दिनमै भाइरस शुन्य स्थितिमा देखिएको थियो । यसको अर्थ औषधीले राम्रो प्रभाव देखाएको छ । यस औषधीले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिंग एन्टीबडीको प्रयोग गर्दछ ।

औषधी बनाउन वैज्ञानिकहरुको अत्यन्तै मेहनेत

शीको टीमद्वारा गरिएको यस अध्ययनबारे आइतबार साइन्टिफिक जर्नलमा लेख प्रकाशित गरिएको छ । जसमा एन्टीबडिको उपयोग गरेर कोरोना भाइरसको सम्भावित उपचार हुन सक्ने र साथै यसबाट बिरामी ठीक हुने अवधि पनि कम हुनसक्ने बताइएको छ । निर्देशक सुन्नेले जनाउअनुसार उनको टिम एन्टीबडि उत्पादनको लागि रात दिन काम गरिरहेको छ ।

शीले जनाएअनुसार वैज्ञानिकहरुको अध्ययन इम्यूनोलजी वा भाइरोलजीभन्दा एकल सेल जीनोमिस्कमा आधारित छ । एकल सेल जीनोमिक्सले एन्टिबडीलाई प्रभावकारी रुपमा काम गर्न सक्छ ।

वर्षको अन्त्यसम्म औषधी तयार हुने

निर्देशक शीले बताएअनुसार कोरोनाविरुद्वको औषधी बनाउन अझै केहि महिना लाग्नेछ । उनका अनुसार वर्षको अन्तिमसम्म कोरोनाको औषधी तयार हुनेछ । अहिले क्लीनिकल ट्रायलमाथि काम भईरहेको छ । यसको प्रयोग अष्ट्रेलिया वा अन्य देशमा हुनसक्नेछ । किनकी चीनमा संक्रमणको अवस्थामा कमी आईसकेको छ । एजेन्सीबाट