१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

उपत्यका शिल गर्ने गृहको निर्णय, अत्याबश्यक कामले आउनु परे आरडीटी रिपोर्ट ल्याउनुपर्ने

उपत्यका शिल गर्ने गृहको निर्णय, अत्याबश्यक कामले आउनु परे  आरडीटी रिपोर्ट  ल्याउनुपर्ने
अ अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्ने निर्णय गृहमन्त्रालयले  गरेको छ । उपत्यकाका जनप्रतिनिधिहरु संगको छलफल पछि  गृहमन्त्रालयले उपत्यका लाई पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो ।  साथै  लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न सरोकारवाला निकायलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।  

लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गरिने हुदा यस निर्णयलाई कार्यन्वयन गर्न निर्देशन दिईएको गृहमन्त्रालयको बिज्ञप्तिमा उल्लेख छ ।  यस अघि जेठ १ गते  गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख/उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा उपत्यकालाई सिल गर्ने बारेमा छलफल भएको थियो ।  बिचको केही समय खुकुलो हुदा जोखिम बढेको भन्दै  गहृमले नाकामा कडाई गर्न निर्देशन दिएको हो ।  

यसैगरी  काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी  तयार गर्ने भएको छ । साथै  काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफनो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौँ उपत्यका प्रवेशका लागि आग्रह गर्न सकिन पनि बैठकले निर्णय गरेके छ । साथै बैठकले काठमाण्डौ उपत्यका आउने सबारी साधनहरुलई पहिलो गन्तब्यमा नै  निगरानी गर्ने , रोक्ने  काम गर्न पनि निर्देशन दिएको छ ।  

गृहमन्त्रालयले राहतका नाममा  स्थानीय संघसंस्था/क्लबहरुले गरिरहेको राहत वितरण र खाना वितरण भएको क्षत्रेमा  भिडभाड  बढेकोभ भन्दै  यस्ता कार्यमा स्बास्थ्थ सजकता अपनाउन र  पनि निर्देशन दिएको छ । बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्ने पनि उल्लेख छ ।