२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौँ ल्याइने, कारागारको पूर्ण सुरक्षा गरिने



अ+ अ-

काठमाडौँं। गृह मन्त्रालयले कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गम्भीरतापूर्वक लिई सूक्ष्म रूपमा हेरिरहेको र परिस्थितिलाई सहज बनाउन काम भइरहेको जनाएको छ ।

शुक्रबार राति कैदीबन्दीबीच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि आज गृहमन्त्री रमेश लेखकले गृहसचिबसहित तीन वटै सुरक्षा निकायका प्रमुखसहित घटनाको समग्र अवस्थाबारे जानकारी लिने क्रममा यस्तो जनाकारी दिइएको हो । साथै परिस्थिति सहज बनाउने विषयमा बैठकमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।

छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ  ल्याउने तयारी गरिएको र त्यसका लागि मन्त्रालयले सुर्खेतस्थित नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी गराउनुभयो ।

“कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन्”, प्रवक्ता काफ्लेले भन्नुभयो,“झडपमा परी घाइते भएका अन्य घाइतेको उपचारको प्रबन्ध मिलाइएको छ ।”

बैठकमा कारागारको आन्तरिक सुरक्षालगायत  विषयमा छलफल भएको थियो ।