६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी कारागार झडपपछि गृहमन्त्री लेखकद्वारा सुरक्षा प्रमुखहरूसँग आपतकालीन बैठक



अ+ अ-

काठमाडौं। कैलालीको धनगढीस्थित कारागारमा शुक्रबार राति कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न तनावपूर्ण अवस्थाबारे गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँग आपतकालीन बैठक गरेका छन्।

सिंहदरबारमा सम्पन्न बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए। बैठकपछि गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र परिस्थिति नियन्त्रणमा राख्न सूक्ष्म रूपमा निगरानी गरिरहेको जानकारी दिए।

उनका अनुसार गम्भीर घाइतेमध्ये एक कैदीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ, जबकि अन्य घाइतेहरूको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ। कारागारको सुरक्षा कडा पारिएको र थप अप्रिय घटना रोक्न आवश्यक कदम चालिएको पनि उनले बताए।

शुक्रबार राति कारागारको ब्लक ‘ए’ र ब्लक ‘बी’ का कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।