२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन चार जनाले जिते कोरोना, संक्रमण जित्नेको संख्या ४९ पुग्यो



अ+ अ-

काठमाडौं । नेपाल थप चार जनाले कोरोना जितेका छन् । बिहिवार राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना जितेका हुन् । 

डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका डिस्चार्ज भएका छन्। पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनिहरु डिस्चार्ज भएका हुन् । 

टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।

अस्पतालमा थप एक जना संक्रमित उपचारको क्रममा रहेको उनले जानकारी दिए । यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।