२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रबैकमा पासको दूरुपयोग, लधुबित्त सम्बन्धी बित्तिय संस्थाले पास पाएनन्



अ+ अ-

काठमाडौं । राष्ट्र बैंकले आफू मातहतका बैंक तथा वित्तीय संस्थाहरूलाई वर्गिकरण गरी ५ देखि २० वटा पास उपलब्ध गराइएको भएपनि लधुबित्त सम्बन्धी बित्तिय संस्थाले  पास नपाउदा कारोबारमा समस्या भएको गुनासो गरेका छन् ।  

राष्ट्र बैंकले चारवटै वर्गका बैंकहरूको एसोसियसनमा एकमुष्ठ पास उपलब्ध गराए पनि केही संस्थाले आफ्नो कोटाको पास समेत नपाएको दुखेसो पोखेका छन् । राष्ट्र बैंकले वितरण गरेको पास एसोसियनमा रहेकाहरूले नै बाँडिचुँडी गरेपछि आफूहरुले नपाएको लघुवित्त वित्तीय संस्थाहरूले बताएका छन् । वनेपाको घरेलु लघुवित्त वित्तीय संस्था त्यसरी पास नपाउने संस्थामध्येको एउटा प्रतिनिधी संस्था हो । 

लधुबित्त संबन्धि बित्तिय संस्थाले पटक पटक राष्ट्रबैकका उच्च अधिकारीहरुलाई गुनासो गरेपनि कुनै सुनुवाई गरेका छैनन् । यता वाणिज्य बैंकका उच्च अधिकारुीहरुले नीजि गाडीको प्रयोगको लागि पनि राष्ट्र बैंकबाटसबारी  पास पाएका छन् । कर्मचारीले प्रयोग गर्ने सामूहिक गाडीमा कोरोना सर्ने भयले अधिकांश वाणिज्य बैंकका उच्च अधिकारीहरुले आफ्नै नीजि सबारीमा  प्रयोग गरेका छन् । राष्ट्र बैंकले अभिलेखमा उल्लेख नगरी दिइएको पास झुण्डाएर रेमिट्यान्स कम्पनीका गाडी पनि सडकमा निर्बाध रुपमा गुडेका छन् । जबकी राष्ट्र बैंकसँग चार थरीका बैंक तथा वित्तीय संस्थालाई मात्र पास दिने अधिकार गृह प्रशासनले दिएको छ । 

यस अघि केही दिन अघि  राष्ट्रिय सभामा बोल्दै सत्तापक्षका सांसद रामनारायण बिँडारीले  प्रमुख जिल्ला अधिकारी  र जिल्ला सुरक्षा प्रमुखले  आफुसंग जाँड खाने र तास खेल्ने साथीहरूलाई पास  बाँडेकोले पासको दुरूपयोग भएको आरोप लगाउनु भएको थियो  । पासका लागि वाणिज्य विभाग अघिल्तिर देखिएको भीड र सडकमा गुडेका रेमिट्यान्स कम्पनीका गाडीको संख्याले पनि वितरण दूरुपयोग भएको स्पष्ट देख्न सकिन्छ ।