१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मिडिया, मिनेन्द्र र मनिषा

मिडिया, मिनेन्द्र र मनिषा
अ अ+ अ-

काठमाडौं । भारतीय अतिक्रमणको चपेटामा परेकोे कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपाल सरकारले बुधबार नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ । नेपाल सरकारको यो कार्यपछि यसले दुई देशको कूटनीतिक क्षेत्रमा नयाँ विवादको विजारोपण भएको देखिएको छ । यसले नेपालको दशकौँ लामो एक विवादलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ भने अर्कातर्फ नेपालले जारी गरेको नयाँ नक्साले भारतले नेपालको आग्रहलाई स्वीकार गरेर वार्ताको टेबुलमै बस्न नमान्ने उसेका रवैवाको पनि राम्रोसँग जवाफ दिन खोजेको छ । 
तर यसले नेपाललाई भने राजनीतिक रुपमा बडो राम्रो सहमतिको अवसर प्रदान गरेको छ । यसपटक राष्ट्रिय एकताको अनुपम उदाहरण देखा परेको छ नेपालका राजनीतिक दलहरुमा । सरिता गिरिबाहेक आफ्नो देशको नक्साको विषयमा अरु कसैका नराम्रा शब्द सुनिएको छैन । यसकारण भारतीय पक्षको बक्र दृष्टिलाई थप बलपुग्ने चर नेपालमा उसले अहिले कतै भेटेको देखिन्न । आफ्नो देशको भूभागका लागि सबैले सहमति र सहकार्यका साथ सरकारलाई साथ दिएको देखिएको छ । 

राजनीतिका विभिन्न विषयमा आरोप–प्रत्यारोपमा उत्रने गरेका नेपालका राजनीतिक दलहरु भारतको यो पछिल्लो मिचाहा व्यवहारका विरुद्ध भने एकजुट भएर प्रतिवाद गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले दुई दिनअघि संसदमा सरकारका नीति तथा कार्यक्रममा उठेका प्रश्नमा जवाफ दिने क्रममा प्रधानमन्त्रीले सीमाका विषयमा गरेका प्रतिबद्धताका विषयमा सत्तापक्ष, प्रतिपक्ष, सबैले टेबुल ठोकेको दृश्य पनि हेर्न लायक थियो । यो मामिलामा प्रधानमन्त्रीलाई सबै दलको दरिलो साथ र सहयोग रहेको संकेत मिलेको थियो । यो सन्देश नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले पनि भारतीय मिडियालाई राम्रैसँग दिएका छन् । आज बिहान एक भारतीय टिभीमा अन्तर्वार्ता दिने क्रममा उनलाई अन्तर्वार्ताकारले सोध्यो– तपाईँको प्रधानमन्त्रीले कोरोनाको जीवाणु चीनको भन्दा भारतको कडा भने, यसको अर्थ के हो ? यसलाई कसरी अथ्र्याउनुहुन्छ ? जवाफमा डा.रिजालले भने– म प्रतिपक्षी दलको हुँ, कैयौँ कुरामा मेरो देशका प्रधानमन्त्रीसँग मेरो असहमति हुनसक्छ, तर जबसम्म मेरो देशको सीमानाको कुरा हो यसमा म प्रधानमन्त्रीसँगै छु, हामी सबै एक छौँ । डा.रिजालले भारतीय मिडियाले वास्तविकता नबुझी सतहमा टिप्पणी गर्ने गरेको पनि बताए । साथै उनले अन्तर्वार्ता लिन बोलाएका पत्रकारको शैली राम्रो नभएको भनेर पनि पटक पटक टिप्पणी गरेका थिए । कांग्रेस नेता रिजालले उक्त ‘टक शो’का प्रस्तोताले बाँधेका भूमिकाबारे असहमति जनाए । उनले विभिन्न विषयमा नेपाल सरकारसँग नेपाली कांग्रेस र व्यक्तिगत रुपमा आफ्नो असहमति रहे पनि सीमा मुद्दामा सबै राजनीतिक दल एक रहेको र सरकारले चालेको कदमलाई आफूहरुले साथ दिएको बताए । उनले प्रस्तोताले सोधेको प्रश्नमा आपत्ति समेत जनाए । 

यतिबेला चर्चित अभिनेत्री मनिषा कोइराला निशानामा परेकी छिन् । बलिउड अभिनेत्रीसमेत रहेकी नेपाली चेली मनिषा कोइराला यतिबेला भारतीय मिडियाको निशानामा छिन् । एउटा ट्वीटका कारण भारतीय मिडियाले मनिषालाई तुच्छ भाषामा आलोचना गर्न थालेका हुन् । मनिषाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा प्रतिक्रिया जनाउँदै सानो मुलुक भएर पनि नेपालले आफ्नो स्वाभिमानको पक्षमा चालेको कदमको प्रशंसा गरेकी थिइन् । त्यसपछि मनिषा कोइरालालाई नेपाल र लिपुलेकबारे जोडेर भारतीय मिडियाले आपत्तिजनक रुपमाा विरोध गरेका छन् । उनीहरुले भारतको खाएर चीनको बोली बोलेको समेत भनेका छन् । त्यसप्रति सारा नेपालीले मनिषाको समर्थन गरेका छन् र भारतीय मिडियाको सोसियल मिडियामार्फत विरोध गरेका छन् । 
हिजेदेखि मनिषा र आज बिहानदेखि मिनेन्द्र रिजाल नेपाली सोसियल मिडियामा चर्चामा छन् । यो चर्चामा देखिएको सबैथरि नागरिकको एकताले देशको राजनीतिक एकताको प्रतिनिधित्व गर्छ र राष्ट्रभक्तिको पनि । यस घटनाले सारा नेपालीलाई नाकाबन्दीपछि पहिलो पटक एकै ठाउँमा पुर्याएको छ । अनि भारतीय मिडियाको अर्घेल्याइँले पनि हामीलाई धेरै सचेत बनाएको छ ।