१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

खाडी मुलुकमा अलपत्र नेपाली श्रमिक सरकारको पहिलो प्राथमिकतामा : मन्त्री मानन्धर

खाडी मुलुकमा अलपत्र नेपाली श्रमिक सरकारको पहिलो प्राथमिकतामा : मन्त्री मानन्धर
अ अ+ अ-

काठमाडौं ।  विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी गरिएको छ । 

बिहीबार सहरी विकस मन्त्रालयमा भएको छलफलमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थित रुपमा चलेका होटल तथा रिसोर्टहरुलाई क्वारेन्टिन स्थल बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए । देशभरका क्वारेन्टिनको अनुगमन र सहजिकरणको जिम्मेवारीमा रहेत रहेका मन्त्री मानन्धरले मुलुक र जनता संकटमा परेको बेला सरोकारवाला सबैले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए । मन्त्री मानन्धरले देश नै संकटमा परेका बेला  ठुला होटलहरुलाई क्वारेन्टिन स्थलका रुपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै व्यावसायीबाट आवश्यक सहयोगको अपेक्षा समेत गरे । मन्त्री मानन्धरले हाल खाली रहेका होटलहरुलाई निश्चित रकम तिरेर सरकारले जनताको जिवन रक्षाका लागि प्रयोग गर्न सक्ने बताएका हुन् । 
विदेशमा विपद्मा परेका नागरिकहरुलाई सरकारले उद्दार गरि ल्याएको अवस्थामा उपत्यकामा आवश्यक क्वारेन्टिनका लागि पुर्व तयारी गरिएको बताउँदै मन्त्री मानन्धरले हाल उपत्यकामा ५ सय १८ वटा बेड  तयारी अवस्थामा रहेको बताए । 

विदेशबाट फर्किने मजदुर बर्गका सर्वसाधारण र अन्य प्रयोजनमा विदेश गएर फर्कन लागेकाहरुबीच वर्गिकरण गरिने बताउँदै श्रमका लागि खाडी लगायतका मुलुकमा पुगेर विपद्मा फसेका कामदारलाई सरकारले प्राथमिकता दिने मन्त्री मानन्धरले बताए । खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारणलाई सरकारले क्वारेन्टिन लगायतका व्यवस्थापनमा प्राथमिकतामा राख्ने बताउँदै मन्त्री मानन्धरले विपद्मा फसेका नेपालीबारे सरकार चिन्तित रहेको बताए ।
हवाई मार्ग भएर फर्कनेहरुका लागि उपत्यकामा अस्थायी क्वारेन्टिन बनाउने र सम्बन्धित स्थानिय तह मार्फत् व्यवस्थापन गर्नेबारे सरकारले छलफल गरिरहेको मन्त्री मानन्धरले बताए । 

देशभर करिब ६५ हजार क्वारेन्टिन बेड तयारी अवस्थामा रहेको प्रतिवेदन आफुकहाँ आइपुगेको बताउँदै मन्त्री मानन्धरले २५ हजार सर्वसाधारण क्वारेन्टिनमा रहेको जानकारी समेत दिए । केही स्थानमा क्वारेन्टिन व्यवस्थापनमा कमजोरी देखिएको बताउँदै मन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको बताए । क्वारेन्टिन व्यवस्थापनको खर्च संघीय सरकारले व्यहोर्ने बताउँदै मन्त्री मानन्धरले निर्धक्क भएर व्यवस्थापनमा लाग्न देशभरका स्थानिय सरकारहरुलाई आग्रह समेत गरे । भारतमा काम गर्दैआएका हजारौं सर्वसाधारण नेपाल भित्रन खोजिरहेको बताउँदै मन्त्री मानन्धरले उनीहरुको आवश्यक व्यवस्थापनका लागि सम्बन्धीत क्षेत्रका स्थानिय तह तगायत सरोकारवाला निकायलाई आग्रह समेत गरे । 

कार्यक्रममा अनुगमन तथा सहजिकरणको जिम्मेवारीमै रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री नवराज रावतले सरकारले बनाएको मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्थानिय सरकारलाई आग्रह गरे । मन्त्री रावतले क्वारेन्टिनमा आवश्यक खर्चबारे चिन्ता नलिन स्थानिय सरकारलाई आग्रह पनि गरे । दार्चुला, बाँके, बर्दिया,जुम्ला, बाजुरा, पर्सा, कैलाली,कञ्चनपुर लगायतका जिल्लामा भारतबाट आउने सर्वसाधारणको व्यवस्थापनमा समस्या देखिएको बताउँदै मन्त्री रावतले व्यवस्थापनमा कमजोरी हुन नदिने बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले क्वारेन्टिन व्यवस्थापन कार्यविधि पालना गरिए समस्या नआउने बताउँदै बजेट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयलाई आग्रह गरे । सचिव अधिकारीले ठुला होटलहरुलाई आवश्यक समयमा सरकारले प्रयोग गर्ने बताए । 
गृहमन्त्रालयकी उपसचिव गोमादेवी चेमजोङले बसाइएकाहरुको अनुसासन लगायतका समस्या देखिएकाले क्वारेन्टिनको भित्री व्यवस्थापन नेपाली सेना मार्फत् गरिए सहज हुने बताइन् । अन्तर मन्त्रालय समन्वयमा जोड दिदै चेमजोङले विदेशबाट आउने सम्भावित सर्वसाधारणको डाटा तयार पारेर सबै तहमा पुर्याउन्पर्ने बताइन् ।

रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक सबै आर्थिक व्यवस्थापन संघीय सरकारले प्रवन्ध गराउने बताए ।  
छलफलमा गृह, रक्षा, सामान्य प्रशासन, स्वास्थ्य र सहरी विकासका उच्च अधिकारीहरु सहभागि थिए ।