२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै भवनबाट वडा कार्यालयको सेवा प्रारम्भ



फाइल फोटो
अ+ अ-

सिरहा। लामो समयसम्म भाडाको घरबाट सेवा दिँदै आएका लहान नगरपालिका वडा नं. २ र ३ ले आजदेखि औपचारिक रूपमा आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेका छन् । नगरप्रमुख महेशप्रसाद चौधरीले दुवै वडाका नवनिर्मित कार्यालयको एकैसाथ आज उद्घाटन गर्नुभयो ।

हालसम्म यी वडा कार्यालय लहानको मुख्य चोकस्थित ‘मटिहर्वा कम्लेक्स’ मा वडा नं. १, २ र ३ को संयुक्त सेवा केन्द्रबाट सञ्चालन हुँदै आएका थिए । नगरप्रमुख चौधरीका अनुसार आव २०८१÷८२ मा छुट्याइएको रु ४२÷४२ लाखको बजेटमा दुवै भवन निर्माण सम्पन्न गरिएको हो ।

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले यहाँका २४ वडामध्ये अधिकांश वडा कार्यालयको आफ्नै भवनबाट सेवा सुरु हुनु लहान नगरको समग्र विकासको सङ्केत भएको बताउनुभयो ।

“वडाको सेवा भाडाका घरबाट सञ्चालन गर्नुपर्ने बाध्यता क्रमशः हट्दै छ । अब आफ्नै कार्यालय भवनबाट सहज र प्रभावकारी रुपमा सेवा प्रवाह हुन्छ”, उहाँले भन्नुभयो, “वडासम्म जाने सडकको यसपालि नाला बन्छ, अर्को वर्ष सडक कालोपत्रे हुन्छ । त्यसका लागि आवश्यक बजेट नगरले पहिले नै विनियोजन गरिसकेको छ ।”

उहाँले आगामी दिनमा अन्य पाँच वटा वडा कार्यालय आफ्नै भवनबाट सेवा सुरु गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । वडा नं. ३ का अध्यक्ष रामदयाल महतोले भवन उद्घाटन कार्यक्रममा भन्नुभयो, “पहिला कामका लागि वडा नं. १ को कार्यालयमै जानुपथ्र्यो, जुन दुरीका हिसाबले टाढा थियो ।”

वडा नं. २ का अध्यक्ष सीयाराम यादवले आफ्नो वडामा अबदेखि सहज र व्यवस्थित सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै नगरपालिकाको सक्रियताप्रति आभार व्यक्त गर्नुभयो । रासस