काठमाडाैंः खाडी राष्ट्र कतारमा रहेका नेपाली श्रमिकहरूका लागि कतार सरकारले खाद्यान्न उपलब्ध गराएको छ ।
कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर (करीब रु एक करोड ६० लाख) बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
संघका अध्यक्ष कुमार पन्तले उक्त खाद्यान्न सरकारले संस्थाको कतार शाखालाई हस्तान्तरण गरेको जानकारी दिनुभयाे । पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सक्रियतामा नेपाली श्रमिकलाई वितरण भइरहेको जानकारी दिनुभयो । एनआरएनका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत सात हजार पोका खाद्यान्न संघलाई दिएको हो ।
कतारमा करीब तीन लाख ५० हजार नेपाली रहेको अनुमान छ ।
पछिल्लाे विवरण अनुसार कतारमा झण्डै ४१ हजार व्यक्ति काेराेना संक्रमित भेटिएका र १९ जनाकाे मृत्यु भएकाे छ । संक्रमित अधिकांश व्यक्ति कतारमा कामका लागि पुगेका विदेशी नागरिक रहेकाे बताइएकाे छ ।