७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

भुसको आगो जसरी सल्किँदैछ एमालेमा विवाद !

भुसको आगो जसरी सल्किँदैछ एमालेमा विवाद !
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन गर्ने घोषणा गरेसँगै सुरु भएको नेकपा एमालेभित्रको विवाद अझ झाँगिएको छ । एमालेले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि पार्टी कार्यकर्ताहरु विभाजित भएका छन् ।

कतिसम्म भने पूर्वराष्ट्रपति भण्डारी समूहका नेताहरु अहिले समानान्तर कार्यालय नै खोल्ने भएका छन् । सदस्यता नवीकरण रोकेर सक्रिय राजनीतिमा फर्किने बाटो बन्दा गरे पनि पूर्वराष्ट्रपति भण्डारीले अब समानान्तर कार्यालय नै खोलेर आफ्नो राजनीतिक गतिविधि बढाउने हुनुभएको हो ।

एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि आफू ब्याक नहुने अडान राखेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष भण्डारीले सम्पर्क कार्यालय नै खोलेर आफ्नो प्रचारलाई अघि बढाउन लाग्नुभएको हो ।

भण्डारीले बानेश्वरको थापागाउँ हाइटमा सम्पर्क कार्यालय स्थापनाका लागि घर समेत भाडामा लिइसक्नुभएको छ । एमालेले च्यासलको ढोका बन्द गरेपछि भण्डारीको पाइला राजनीतिक गतिविधिकै लागि थापागाउँतिर मोडिएको उनीनिकट नेताहरुले बताएका छन् ।

पूर्वराष्ट्रपति भण्डारी मदन भण्डारी फाउन्डेसनमार्फत देशभरी नेता कार्यकर्तासँग जोडिने तयारीमा लाग्नु भएको हो । संयोग के छ भने– विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता बढेसँगै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली थप सशंकित भएको छ । सदस्यता नदिँदैमा भण्डारीको राजनीतिक सक्रियता नरोकिने भएपछि एमालेले अब अर्को रणनीतिको खोजी थालेको छ । एमालेले भण्डारीसँग निकट नेताहरुको निगरानी बढाएको छ ।

विशेष गरी अध्यक्ष ओली र भण्डारीबीचको आन्तरिक राजनीति एमालेभित्र निकै पेचिलो बनेको हो । यसले एमालेको राजनीति अझै केही महिना तातिने संकत मिलेको छ । कुनै बेला एउटै धारमा रहेका नेताहरु नै दुुई धारमा विभाजित भएर कार्यकर्तामाझ जाने भएका छन् । अध्यक्ष ओलीलाई काउन्टर गर्न भण्डारीको सक्रियताले एमालेका कार्यकर्ता भने विभाजित हुने निश्चित भएको छ ।

एमालेको सक्रिय राजनीतिमा फर्किन समस्या भएपछि भण्डारीले मदन भण्डारी फाउन्डेसनलाई उपयोग गर्ने नीति लिनुभएको छ । यही फोरमबाट जिल्लाजिल्लामा कार्यक्रम गर्ने भण्डारीको नीति छ । तर, भण्डारीको यो नीतिमा अध्यक्ष ओलीले पनि काउन्टर दिने देखिएको छ । फाउन्डेसनका जिल्ला र प्रदेश कमिटीलाई नै अध्यक्ष ओली पक्षले कब्जा गर्न थालेको छ ।

त्यसो त नेपाल बुद्धिजीवी परिषद्ले एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानका अन्तर्वस्तुहरूमाथि गुगल सर्वेक्षण सुरु गरेको छ ।

एमालेले गुगल फारममार्फत् सर्वेक्षण गरिरहेको हो । फारममा संगठनात्मक संरचनादेखि पार्टी कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) बारे समेत अभिमत लिन खोजिएको छ ।

७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने वा नहटाउने विकल्पमा पनि सर्वेक्षण गरिएको छ । केन्द्रीय कमिटीले यो दुवै व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।

तर बुद्धिजीवी परिषद्ले यी प्रस्तावहरू खुला गरेर सर्वेक्षण गरिरहेको छ । आयोजक महाधिवेशनको स्वत: प्रतिनिधि हुने वा नहुने, ३३ प्रतिशत महिला पर्याप्त छ वा छैन, पदाधिकारी संख्या कति बनाउने जस्ता विषयमा पनि सर्वेक्षण गरिरहेको छ ।

कार्यकर्ताको अभिमत संकलन गर्न नयाँ सर्वेक्षण विधि अपनाइएको हो । यसले एमालेको विधान महाधिवेशन गर्ने निर्णयलाई समेत सहयोग पुग्ने छ ।