२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला



अ+ अ-

झापा। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनताका साझा मुद्दामा सबै राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।

कांग्रेसको भातृ सङ्गठन नेपाल किसान महासङ्घ कोशी प्रदेश समितिको आज दमकमा आयोजित प्रथम प्रादेशिक अधिवेशनको उद्घाटन गर्दै नेता सिटौलाले देश र जनताको परिवर्तनका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन र समृद्धितर्फ देशलाई लैजान ठूला दलहरुबीच सहकार्य भएको समेत उल्लेख गर्नुभयो ।

देशको मुख्य आधार स्रोत कृषि क्षेत्र भए पनि लक्ष्यअनुसार कृषि क्षेत्रले प्रतिफल दिन नसकेको उल्लेख गर्नुहुँदै उहाँले हाम्रो कृषि कर्मलाई निर्वाहमुखी मात्र नभई व्यावसायिकसँगै उद्योगका रुपमा विकास गरिनुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले कृषिलाई व्यावसायीमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले कृषकका मुद्दा उठाउने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गर्दै कृषि र किसानका विषयमा पार्टी विमुख हँुदै गएको गुनासो गर्नुभयो ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले कृषि प्रधान मुलुक भनिए पनि विदेशबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता रहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस दमक पार्टी कार्यालयमा भएको किसान महासङ्घको अधिवेशन उद्घाटनमा कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो, झापा जिल्ला सभापति देउकुमार थेवे, सुनसरी जिल्ला सभापति केदार भण्डारी, कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य सीताराम भट्टराई, महासङ्घ भोजपुर अध्यक्ष ईन्दिरा प्रधान, ताप्लेजुङ अध्यक्ष भीमबहादुर गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । अधिवेशनले आज नै नयाँँ नेतृत्व चयन गर्नेछ । रासस




भर्खरै