१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन: मुख्यमन्त्री बानियाँ



अ+ अ-

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागी मात्रै मुख्यमन्त्री नभएको बताउनुभएको छ ।

नेपाल किसान महासंघ वागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पारर्दशी, उत्तरददायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उहाँको भनाई छ । अरु मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उहाँले बताउनु भयो । उहाँले आफुले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरुको पक्षमा हुनेगरी गरेकोे जानकारी दिनुभयो । गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरुमध्येका छोराछोरीहरुलाई प्रदेश सरकारले २/२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनाललाई छात्रवृत्तिमा डाक्टर पढाउने बताउनु भयो । प्रदेश सरकारले गरिवका १० वटी छोरीहरुलाई नर्र्स पढाउने निर्णय पनि गरिसके उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पारर्दशी, उत्तरददायी, जिम्मेवारी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्य सहित म मुख्यमन्त्री भएको हो । पदको लागी, फोटो टाँस्न म मुख्यमन्त्री भएको होइन । त्यसकारणले मैले पहिले नै सन्देश चाहीँ दिइसकेको छु, अहिलेसम्म अरु मुख्यमन्त्रीले के गरे गरेनन्, तपाईहरु नी हेर्नुहोला । मैले पहिलो निर्णय नै वागमती प्रदेशभित्र रहेका गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरु मध्येका छोराछोरीहरुलाई अहिले २ वटा मेडिकल डाक्टर, २ वटा आयुर्वेद डाक्टर, २ वटा पशु चिकित्सक डाक्टर गरी ६ वटा डाक्टर प्रदेश सरकारले पढाउने निर्णय गरे । र १० वटी गरिबका छोरीहरुलाई नर्र्स पढाउने निर्णय गरिसके । अर्र्को कुरा म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविद्या म लिन्न ।’

बानियाँले आफूले मुख्यमन्त्रीको हैसियतले पाउने तलवभत्ता लगायतका सुविद्या पनि नदिने बताउनु भयो । आफूले पाउने तलबभत्ता आफ्नो निर्वाचन क्षेत्र लगायतका गरिब, निमुखा जनताको पक्षमा काम गर्नको लागी दिने जानकारी दिनुभयो ।




भर्खरै