२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो



अ+ अ-

पर्सा। यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ ।

विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले धर्मशालामा एक हजार बढी भक्तजन बस्न मिल्ने भए पनि आधारभूत पूर्वाधार तयार भइनसकेको बताउनुभयो ।

“हामीले चन्दा सङ्कलन गरेर जेनतेन धर्मशालामा दुई तले ढलान गरेका छौँ”, उहाँले भन्नुभयो, “धर्मशालाका लागि आवश्यक झ्याल, ढोका, शौचालय, प्लाष्टरलगायतका संरचना अहिलेसम्म अधुरै छ ।” राष्ट्रिय निकुञ्जभित्र भएकाले अत्यावश्यक संरचना निर्माण गर्न विभिन्न प्रक्रियागत झन्झटले थप समस्या हुने गरेको उहाँको भनाइ छ ।

दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेलले हालसम्म चन्दा सङ्कलन गरेरै धर्मशाला निर्माणमा करिब रु एक करोड ५० लाख भन्दा धेरै रकम खर्च भएको बताउनुभयो ।

“धर्मशाला निर्माणमा सरकारी निकायबाट सहयोग पाएका छैनौँ”, उहाँले भन्नुभयो, “पर्सामा केही समयअघिसम्म सङ्घीय र प्रदेशका पाँच जना मन्त्री भए पनि यहाँको चर्चित धार्मिकस्थलको लागि आवश्यक बजेट प्राप्त भएको छैन ।” अध्यक्ष पटेलले धर्मशाला निर्माण सम्पन्न गर्न अझै करिब रु दुई करोड लाग्ने बताउनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलभित्र चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर छ । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ । यहाँ आउने दशनार्थीमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत स्वदेशी हुने गर्छन् ।

राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका ७ः०० बजेपछि मन्दिर जाने सडक बन्द गरिन्छ । बिहान ६ः०० बजेपछि सडक खुलाउने गरिन्छ । अन्य सिजनमा यहाँ जान रोक लगाइने गरिन्छ । रासस