३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायु सेवा निगमका दुई वटा न्यारोबडी विमान बिग्रिए, दमाम, मुम्बई र क्वालालम्पुरका उडान रद्द



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई वटा न्यारोबडी विमान एकपछि अर्को गर्दै बिग्रिएपछि दमाम, मुम्बई र क्वालालम्पुरका उडान रद्द भएका छन् । सोमबारयता दुईतर्फी उडान गर्ने कम्तिमा ६ सय यात्रु अलपत्र परेका छन् ।

बैंककबाट फर्केलगत्तै सोमबार निगमको सगरमाथा नामको न्यरोबडीमा इलेक्ट्रीकल समस्या देखिएको थियो । यो विमान बुधबार उडानमा ल्याइएको छ । तर उक्त विमान काठमाडौंमा थन्किएका कारण सोमबार राति दमाम उड्नुपर्ने १ सय ४५ यात्रु यतै रोकिएका थिए ।

यस्तै हङकङबाट काठमाडौंमा अवतरण भएपछि बुधबार फेरि निगमको लुम्बिनी नामको अर्को न्यरोबडीको इन्जिनसँग सम्बन्धित खराबी आएको छ ।

यो विमान बिग्रिएका कारण बुधबार दिउँसो भारतको मुम्बई जानुपर्ने ८७ जना काठमाडौंमा रोकिएका थिए भने ९२ जना काठमाडौंमा आउनुपर्ने यात्रु उतै रोकिएका थिए । ३५ जना जानैपर्ने यात्रुलाई निगमले अरु वायुसेवा तथा उडानबाट दिल्ली हुँदै पठाइएको छ ।

यता मंगलबार मलेसियाको राजधानी क्वालालमपुर जानुपर्ने यात्रु पनि निगमको उडान कटौती हुँदा दुवैतर्फ अलपत्र परेका छन् । काठमाडौंबाट जाने १ सय २६ र नेपाल फर्किनुपर्ने १ सय ३५ यात्रु न्यरोबडी नउड्दा दुवैतर्फ रोकिएका छन् ।