९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायु सेवा निगमका दुई वटा न्यारोबडी विमान बिग्रिए, दमाम, मुम्बई र क्वालालम्पुरका उडान रद्द



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई वटा न्यारोबडी विमान एकपछि अर्को गर्दै बिग्रिएपछि दमाम, मुम्बई र क्वालालम्पुरका उडान रद्द भएका छन् । सोमबारयता दुईतर्फी उडान गर्ने कम्तिमा ६ सय यात्रु अलपत्र परेका छन् ।

बैंककबाट फर्केलगत्तै सोमबार निगमको सगरमाथा नामको न्यरोबडीमा इलेक्ट्रीकल समस्या देखिएको थियो । यो विमान बुधबार उडानमा ल्याइएको छ । तर उक्त विमान काठमाडौंमा थन्किएका कारण सोमबार राति दमाम उड्नुपर्ने १ सय ४५ यात्रु यतै रोकिएका थिए ।

यस्तै हङकङबाट काठमाडौंमा अवतरण भएपछि बुधबार फेरि निगमको लुम्बिनी नामको अर्को न्यरोबडीको इन्जिनसँग सम्बन्धित खराबी आएको छ ।

यो विमान बिग्रिएका कारण बुधबार दिउँसो भारतको मुम्बई जानुपर्ने ८७ जना काठमाडौंमा रोकिएका थिए भने ९२ जना काठमाडौंमा आउनुपर्ने यात्रु उतै रोकिएका थिए । ३५ जना जानैपर्ने यात्रुलाई निगमले अरु वायुसेवा तथा उडानबाट दिल्ली हुँदै पठाइएको छ ।

यता मंगलबार मलेसियाको राजधानी क्वालालमपुर जानुपर्ने यात्रु पनि निगमको उडान कटौती हुँदा दुवैतर्फ अलपत्र परेका छन् । काठमाडौंबाट जाने १ सय २६ र नेपाल फर्किनुपर्ने १ सय ३५ यात्रु न्यरोबडी नउड्दा दुवैतर्फ रोकिएका छन् ।