२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा दिनभर प्रदर्शन



अ+ अ-

सप्तरी। प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज राजविराजमा दिनभर प्रदर्शन भएको छ ।

मृतकका आफन्त एवं गाउँले मिलेर जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर बिहान करिब १० बजेदेखि निरन्तर प्रदर्शन गरेका हुन् । राजविराजको मुख्यचोक (दशन चोक) मा समेत टायर बालेर दिनभरी प्रदर्शन गरिएका कारण मुख्य बजार बन्द भएको थियो ।

मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीयले एक्कासी ढुङ्गामुडा गर्न थालेपछि प्रहरीले गोली चलाउँदा स्थानीय यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीको गोली लागेर घाइते भएका ३६ वर्षीय यादवको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो । मृतक यादव सोही गाउँस्थित आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । उहाँका आफन्त र स्थानीयवासीले यादवलाई प्रहरीले सुनियोजित तवरले गोली प्रहार गरेको आरोप लगाएका छन् ।

प्रहरीले यसअघि सीमावर्ती उक्त गाउँमा मदिरा तस्करी नियन्त्रणका लागि ‘सर्च अपरेसन’ सञ्चालन गर्दै आएको थियो । प्रहरीको अपरेसनबाट रु १६ लाखभन्दा बढी मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद भएको छ ।  रासस