महानगरीय प्रहरी वृत्त स्वयम्भूको जुनियर अधिकृत ब्यारेकमा गोली चलेको छ । गोली लागेर प्रहरी सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्कीको निधन भएको छ ।
असई कार्कीको कन्चटमा गोली लागेको छ ।
गोली कसले, किन चलायो भन्नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।