२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाेलखाका वन अधिकृत सन्तमाया श्रेष्ठले घुस लिए, मुद्दा दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस/रिसवत लिएकाे भन्दै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेकाे छ ।

श्रेष्ठले सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगकाे कार्यालय टंगालबाट खटिई गएको टोलीले निज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

उनले काठ व्यवसायीहरूलाई अनुचित प्रभावमा पारी घुस/रिसवत दिन वाध्य पारी सो वापत रकम २ लाख ३ लाख ५०० लिएकाे र त्याे रकम आयोगले बरामद गरेकाे थियाे । श्रेष्ठबाट उक्त रकम जफत गरी कानुन बमाेजिम मुद्दा दायर गरिएकाे पनि आयोगले जनाएकाे छ ।