२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोझा कर्णेल सिलवाललाई सास्ती



अ+ अ-

कहिलेकाँही मान्छे नखाएको विषले छट्पटाउनुपर्छ । यस्तो स्थिति भोग्दैछन्,नेपाली सेनाको १४ बाहिनी (इन्जिनियरिङतर्फ) मा कार्यरत कर्णेल नवीन सिलवालले ।

उनी वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र पाँचखालमा जर्नेल प्रयोगजंग राणाले चलाएको करोडौँको घोटालामा मुछिएर अहिले सैनिक प्रहरीको नियन्त्रणमा छन् ।
 
सैनिकस्रोतका अनुसार,छानविनमा तानिनुको मुख्य कारण हो, प्रयोगजंगबाट बुझबुझारथ लिएर पाँचखालमा केही समय काम गर्नु । तर, जे–जे गर्नु थियो,सबै काम प्रयोगजंगले भ्याइवरी उनलाई चार्ज बुझाएका हुन् ।

पहिला सहदेव खड्का र अहिले आनन्द अधिकारीको कोर्ट अफ इन्क्वायरीले यसबारेमा छानवीन गर्ने क्रममा दोष प्रमाणित भएर होइन, छानवीन गरेर सत्य पहिल्याउनुपर्ने कारण उनलाई नियन्त्रणमा लिनुपरेको जंगी अड्डामा चर्चा छ । भूपू जर्नेलहरु राजेन्द्र थापा र दिपक गुरुङले त नवीनबाट भ्रष्टाचार हुनै नसक्ने भनी ठोकुवा नै गरिसकेका छन् ।

‘ललितपुर,लेलेको सामान्य परिवारबाट आएका नवीनले आरोप लगाइएजस्तो अकुत सम्पत्ति जोडेको भए उनी अहिले पनि खुमलटारस्थित २० वर्ष पुरानो पुख्र्यौली घरमा किन बस्थे, तीन चार वर्ष अमेरिका बसिसकेका उनी नौ लटको थोत्रो हुण्डाइ कारमा किन अड्किन्थे ?’ एकजना जर्नेलले प्रश्न गरे ।

उनी स्टाफ कलेज फर्स्ट र कर्णेलमा भएको पदोन्नतिका हिसाबले पनि फर्स्टम्यान हुन् । एक नम्बरका उनी अरुले गरेको बदमासीमा थुनिएका छन् भने उनीपछि योग्यताको हिसाबले दोश्रो नम्बरका कर्णेलचाहिँ प्रधान सेनापतिको एडिसी समूहमा छन् ।

जेठ ८ गते साँझ घरमा खाना खाएर आराम गरिरहेको बेला मोबाइलसमेत कब्जा गरी सैनिक प्रहरीले उनलाई समातेर लगेको हो । जनआस्थाबाट