३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

पर्यटकको पर्खाइमा म्याग्दीको पुलाश्रम

पर्यटकको पर्खाइमा म्याग्दीको पुलाश्रम
अ+ अ-

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन्छ ।

पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक सात लाख भन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरु बेनी–जोमसोम सडक मार्फत हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ आवत जावत गर्छन् । बेनीदेखि करिब नौ किलोमिटर उत्तरतर्फ अवस्थित पुलाश्रम सधै सुनसान हुने गरेको पौलत्स्य क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाले जानकारी दिनुभयो ।

“श्रीमद् भागवत् महापुराणको पञ्चमस्कन्ध आठाँै अध्यायमा जयन्ती, मङ्गला र कालीको सङ्गमस्थलमा पुलत्स्य एवं पुलह ऋषिले तपस्या गरेको र पुलस्त्य ऋषिका नाती हिन्दू धर्मग्रन्थ रामायणका पात्र रावणको जन्म भएको उल्लेख छ,” उहाँले भन्नुभयो “पुलत्स्य, पुलह ऋषिले तपस्या गरेकै कारण यो ठाउँलाई पुलाश्रम भनिएको विभिन्न अध्ययन तथा तथ्यहरुले पुष्टि गरेको छ ।”

रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलस्त्य र पुलह ऋषिले होम गरेको तथा रावणको नाभी गाडेको ठाउँ पुलाश्रमको धार्मिक महत्व तथा इतिहाँसको साक्षी हुन् । पुलाश्रममा रहेको मन्दिर परिसरको हवन कुण्डमा ऋषिहरुले हवन गरेर शेर रहेको चरु पाइन्छ ।

धार्मिक महत्वको प्रचारप्रसार र प्राकृतिक सौन्दर्यको बिशेषता प्रचारप्रसारको कमी तथा सहज सडक यातायतको सुविधा नहुँदा पुलाश्रम ओझेलमा परेको उपाध्यक्ष बानियाले बताउनुभयो । “धेरैलाई पुलाश्रमको महत्व र विशेषता जानकारी छैन,” उहाँले भन्नुभयो “पुलाश्रमको बारेमा जानकारी भएका तिर्थयात्रीहरु आएपनि गाडीमा आउन नसकेर पुलाचौर र तिनमानेबाट फर्किन बाध्य छन् ।”

समुन्द्रि सतहदेखि एक हजार सात सय मिटर उचाइमा रहेको पुलाश्रमलाई स्थानीयबासीहरुले पछै पनि भन्ने गर्छन् । यहाँबाट अन्नपूर्ण, धौलागिरि हिमाल, म्याग्दी, पर्वत र बागलुङको ग्रामिण बस्ति अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको कालीगण्डकी र म्याग्दी नदी देखिन्छ । नजिकै बस्ति नभएकाले पुलाश्रमको एकान्त र शान्त वातावरणमा रमाउन पाइन्छ ।

बेनी देखि पैदलयात्रा गरेर दुई घण्टा र सवारी साधनमा तीन मिनेटको यात्रा गरेर पुलाश्रम पुगिन्छ । पुलाश्रममा तिर्थयात्री र भक्तजन आउन नसक्नुको प्रमुख कारण व्यवस्थित पदमार्ग र स्तरीय सडक सुविधाको अभाव भएको स्थानीय शान्ति शर्माले बताउनुभयो । पौलत्स्य क्षेत्र विकास कोषले महायज्ञबाट संकलन गरेको रकमबाट दश वर्षअघि मन्दिर निर्माण गरेको थियो ।
बेनी नगरपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा पुलाश्रम परिसरमा रावण पार्क निर्माण कार्य अन्तिम चरणमा पु¥याएको बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाले बताउनुभयो । “ढलोट धातुको २१ फिट अग्लो रावणको मुर्तीमा १० वटा टाउको, जनै राख्ने र सरसफाई गर्ने बाहेकको काम सकिएको छ,” उहाँले भन्नुभयो “चार रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क घेराबार, प्रवेशद्धार, पदमार्ग निर्माण, स्लेट बिछ्याउने, दुवो रोपेर संरचना तयार गरिएको छ ।”

रु. एक करोड ७६ लाखमा ठेक्का मार्फत ऋषिमूनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनी देखि पुरुण्डी सम्मको छ किलोमिटर सडक पक्की बनेको जानकारी दिदै चनौटे देखि पुलाश्रम जोड्ने सडक स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारसँग प्रस्ताव गरेको बताउनुभयो ।

विभिन्न धार्मिक गन्थको अध्ययन र तथ्य पहिचान गरेर दक्षिण भारत र श्रीलंकाका धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ पछैमा रावण पार्क बनाएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकार मार्फत बेनी नगरपालिका–९ मा रहेको गलेश्वर देखि पुलाश्रम र अर्को धार्मिक स्थल जगन्नाथ जोड्ने सडकको काउलेगौडा खण्डमा स्तरोन्नति शुरु भएको छ ।

बेनी, पुलाश्रम, घतानकोत, ढोलथान, जगन्नाथ र गलेश्वरलाई धार्मिक कोरिडोरको रुपमा विकास गर्ने अवधारणा अनुसार पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा प्राथमिकता दिएको नगर प्रमुख केसीले बताउनुभयो । धार्मिक कोरिडोरको विकास गरेर मुक्तिनाथ जाने आउने भक्तजन तथा तीर्थयात्रीलाई बेनीमा भुलाउने, बसाइ लम्बाइ पर्यटन विकास गर्ने गर्ने उद्देश्य राखिएको छ ।
–––