५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लागौँ’



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।

आज जलस्रोत तथा सिँचाइ विभागको चौँथो त्रैमासिक एवं वार्षिक समीक्षा गोष्ठीमा उहाँले कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“जनताप्रति उत्तरदायी भएर मुलुकलाई सकारात्मक नतिजा दिनेगरी काम गरौँ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो । वर्षेपिच्छे ठूलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना निर्माण गरिरहे पनि समयमा काम सम्पन्न नहुँदा राज्यलाई ठूलो आर्थिक भारपर्दै गएको भन्दै उहाँले निर्धारित समयमा काम सम्पन्न गर्नेगरी सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले देशभर २५ लाख हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउनुपर्नेमा हालसम्म १५ लाख ८६ हजार हेक्टरमा मात्र पुगेको बताउँदै प्रत्येक वर्ष १४ हजार हेक्टरमा सिँचाइ सुविधाको लक्ष्य लिँदा काममा ढिलाइ भइरहेको उल्लेख गर्नुभयो । कम्तीमा प्रत्येक वर्ष एक लाख हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले जिम्मेवारमा बस्ने व्यक्तिले निर्धारित समयमा काम सम्पन्न गराउन पहल थाल्नुपर्ने बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले दिगो र भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको विभागले आर्थिक वर्ष २०८१/८२ मा ८९ दशमलव १५ प्रतिशत भौतिक प्रगति र ८१ दशमलव २८ प्रतिशत वित्तीय प्रगती हासिल गरेको जानकारी दिनुभयो ।

आव २०८१/८२ मा जलस्रोत तथा सिँचाइ क्षेत्रमा रु ३३ अर्ब पाँच करोड बजेट विनियोजन भएकामा रु २६ अर्ब ८६ करोड खर्च भएको छ । यस्तै, गत आवमा ५० किलोमिटर क्षेत्रफलमा तटबन्धन, ४७० हेक्टर जग्गामा उकास गरिएको विभागले जनाएको छ ।

विभागअन्तर्गत रहेका छ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टर क्षेत्रफलमा सिंँचाइ सुविधा पुर्‍याउने र ८२ दशमलव सात मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकामा हालसम्म ६६ हजार ७१० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नुका साथै चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । रासस