७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

च्यामासिंह–ताथली–नाला सडक निर्माण सम्पन्न नहुँदै ‘खण्डहर’ ! स्थानीयहरु आन्दोलित

च्यामासिंह–ताथली–नाला सडक निर्माण सम्पन्न नहुँदै ‘खण्डहर’ ! स्थानीयहरु आन्दोलित
अ+ अ-

काठमाडौं । भक्तपुरको प्रमुख सडक मध्येको एक ‘च्यामासिंह–ताथली–नाला’ सडक बनिनसक्दै खण्डहर बन्दै गएपछि स्थानीयहरु आक्रोसित भएका छन् । आक्रोशित स्थानीयले उक्त सडकमा भइरहेको वेतिथिको विरोध गर्दै पुन: आन्दोलन थालेका छन् । उक्त सडकको विषयलाई लिएर यसअघि पनि चरण–चरणमा आन्दोलन भइसकेका छन् ।

सडकमै हस्ताक्षरसहित ‘कालो व्यानर’ राखेर विरोध सुरु गरेका स्थानीहरुले वडा कार्यालय, नगरपालिका र प्रशासन कार्यालय घेर्नेदेखि आसपासका सडक ठप्प पार्नेसम्मका कडा आन्दोलनका कार्यक्रम गर्ने तयारी गरेको जनाएका छन् ।

लामो समय वितिसक्दा पनि उक्त सडकको केहि भाग बनिसक्यो भने केहि भाग बन्न बाँकी नै छ । अरनिको राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको यो सडक झण्डै १३ वर्षअगाडि निर्माण सुरु गरिएको थियो ।

निर्माण भइरहेको अरनिको राजमार्ग छोडेर अहिले उक्त सडकबाट दैनिक सयौंको संख्यामा भाडा र निजी सवारीका साधनहरु गुड्ने गरेका छन् । त्यसले पनि सडक संरचनालाई थप कमजोर बनाएको स्थानीयहरु बताउछन् ।

यो सडकको हालको अवस्था हेर्दा ‘संकटमा परेको पूर्वाधार’ जस्तो देखिन्छ । यो सडक निर्माण सुरु देखि अहिलेसम्म ‘त्रुटि नै त्रुटि’ रहेको स्थानीयहरुले बताएका छन् । सडक अहिले ‘खण्डहर’ मा परिणत हुन थालेको स्थानीहरुको गुनासो छ ।

ब्रम्हयानी चोकंतिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठालेचौर, तल्लो र माथिल्लो छापलगायतका स्थानीय बढी प्रभावित भएका छन् । उक्त सडक क्षेत्रमध्ये सबैभन्दा सकस र दयनीय सडक खण्डको रुपमा पण्डित पधेरो रहेको छ । अन्य सडक खण्डमा पीच बनिसकेर उप्किसक्दा समेत उक्त सडक खण्डमा अहिलेसम्म पीच हुन सकेको छैन् । केही समय अघि मुस्किलले एकतर्फी ढलान भएको थियो । कमजोर संरचनासहित उक्त एकतर्फी ढलानबाटो बनेपछि स्थानीय रुष्ट छन् ।

ठाउँ–ठाउँमा पीच उप्कियर प्रसस्तै खाल्डा खुल्डी भएको छ । बर्षाको समयमा हिलाम्मे र खाल्डा खुल्डीयुक्त उक्त सडकमा यात्रा गर्न समेत सकस भइरहेको छ । जसका कारण उक्त क्षेत्रमा सडक दुर्घटनासमेत बढेको छ । विगतको तुलनामा सडक दुर्घटना बढ्न थालेपछि स्थानीय युवाहरुको समूह ‘दक्षिणकाली युवा समूह’ ले सडक सचेतनाका कार्यक्रम गर्दै ठाउँ–ठाउँमा ‘सचेतना सडक बोर्ड’ समेत राखेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ९ मा रहेको उक्त सडक क्षेत्रको वेथितिमात्रै होइन यहाँका स्थानीयले भित्री सडकको दुरावस्था, अव्यवस्थित विद्युतीय पोल, सडक बत्तीको अभाव जस्ता नियति लामो समयदेखि झेल्दै आएका छन् ।

उक्त वडाका अन्य दर्जनौं भित्री सडकको अवस्था च्यामसिंह–ताथली–नाला सडकसरह भन्दा झन दयनीय छ । पिच नभएका अधिकांश भित्री सडकमा त साना सवारी साधन समेत आवत जावत गर्न कठिनाई रहेको छ ।

यो नगरपालिकाका अन्य वडाको तुलनामा पूर्वाधार विकासमा निक्कै कमजोर वडा मानिन्छ । जनप्रतिनिधिहरुले आ–आफ्नो ‘स्वार्थ’ गाँसिएको ठाउँमा मात्रै विकासलाई प्राथमिकतामा राखेपछि यस्तो भएको स्थानीयहरुको आरोप छ । स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरु समेतलाई यसपटक कडाईको साथ ध्यानाकर्षण गराउने तयारी समेत थालेको स्थानीहरु बताउँछन् ।

२०१६ सालमा तत्कालिन यातायात मन्त्री गणेशमान सिंहले शिलान्यास गरेको उक्त सडकलाई स्थानीय रूपमा ‘गणेशमान मार्ग’ नामांकरण गरिएको उक्त सडक २०६८ साल चैत १५ गते स्व. नेता गणेशमान सिंहले उद्घाटन गरेका थिए । उक्त सडक एसियाली विकास बैंक, ओएफआईडी, ओपेक लगायतका दातृ निकायसहित नेपाल सरकारको लगानीमा बिस्तार भएको थियो ।

प्रति किलोमिटर १ करोड २० लाख रुपैयाँ लागतमा बनेको यो सडक बनाएको तीन महिनामै उप्किने र चिरा पर्न थालेपछि निर्माण संलग्न प्राविधिक र निर्माण कम्पनीले तत्कालिन समयमा जनस्तरबाटै ठूलो विरोधको सामाना गर्नुपरेको थियो । त्यसताका नेपाल मजदुर किसान पार्टी लगायतका दलहरूले सडक निर्माणमा देखिएको अनियमितताको छानबिन गर्न माग गर्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी समक्ष ज्ञापनपत्र बुझाएका थिए । जनताको गुनासो प्राविधिकहरूले ठेकेदारसँगको मिलेमतोमा वेवास्ता गरेको र गुणस्तर सुनिश्चित नहुँदा सरकारी रकम दुरुपयोग भएको जस्तो आरोप उक्त पार्टीको थियो ।

उक्त दुरावस्था सडकको विषयमा स्थानीयहरुले सबै राजनीतिक दलको प्रतिबद्धता र सहकार्य खोजिरहेका छन् । यो विषयमा राजनीतिक दलहरुले ‘पहलकदमीको लागि सहयोग गर्ने, मौन बस्ने अथवा स्थानीयसँगसँगै आन्दोलित हुने’ यसयसपटक परीक्षण समेत हुने स्थानीयहरुको भनाई छ ।