१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तराखण्डमा बाढीले गाउँ बगाउँदा ४ जनाको मृत्यु, ५० बेपत्ता



अ+ अ-

एजेन्सी । भारतको उत्तराखण्डको धरालीमा भीषण बाढीले खीर गंगा गाउँ बगाएको छ ।

विगत दुई दिनदेखि परेको भारी वर्षासँगै आएको बाढिपहिरोले गाउँ बगाएको हो ।

घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भएका छन् ।  भिडियोहरूमा पहाडबाट आएको भीषण बाढीले ३४ सेकेन्डमा सम्पूर्ण गाउँ बगाएको देख्न सकिन्छ ।

बाढीमा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको उत्तरकाशीका डीएम प्रशान्त आर्यले भारतीय सञ्चारमाध्यम दैनिक भाष्करलाई जनाएका छन् । जसमा ५० भन्दा बढी मानिस बेपत्ता छन् ।

बाढीमा परी धेरै मानिसहरू बगेको आशंका गरिएको छ । धराली बजार पूर्ण रूपमा ध्वस्त भएको छ भने धेरै होटल र पसलहरू भत्किएका छन् ।

घटनास्थलमा उद्धार टोली र सेना पुगेको छ ।