२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ ३ देखि ८ गतेसम्म १६ औ संस्करणको नाडा अटो शो हुदै



अ+ अ-

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनले आगामी भदौ ३ देखि ८ गतेसम्म १६ औ सस्करणको नाडा अटो शो आयोजना गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने कार्यक्रमलाई नाडाले नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिविम्बका रुपमा लिएको छ ।

‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय तन्त्रलाई एकै छानामुनि ल्याउने नाडाका ले अपेक्षा गरेको अध्यक्ष करण चौधरीले जानकारी दिनुभयो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नाडा अध्यक्ष चौधरीले ३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने जानकारी दिनुभयो । चौधरी भन्नुभयो ‘अटो मोबाइलको प्रयायवाची नाडा हो। नाडा भनेको चाड हो। प्रदर्शनी हैन। अटो मोबाईल व्यवसायीको चाड हो । नाडा शोबाट मोबिलिटी भविष्य र टेक्नोलोजीको अनुभव गराउन चाहन्छु।’

टेक्नोलोजी, कल्चर र विजनेसलाई मिक्सड गरेर सवारी प्रदर्शनी देखाइने चौधरीले बताउनु भयो । नाडाका अनुसार यसपटक युनिट्री रोबोट र दिपल ईभीटीओएल यूएभीको उपस्थिती रहने छ । नाडाका अनुसार शोमा १९ चारपांग्रे ब्रान्डको उपस्थिति रहनेछ भने १३ वटा हलुका व्यावसायिक सवारीसाधन ब्रान्ड पनि आउनेछन्। यसबाहेक ४ दुईपांग्रे ब्रान्ड, ३५ वटा ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरुलगायत कम्पनीहरु, १२५ भन्दा बढी प्रदर्शक र १ लाख बढीले अवलोकन गर्ने नाडाको अपेक्षा छ।

नाडाका अनुसार अटो शो साझेदार संस्थाहरुमा एमएडब्लु वृद्धि (युनिट्री) शीर्ष प्रायोजक रहनेछ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सहप्रयोजन गर्नेछ।

पावर्डबाईमा क्याम्पाकोला, मोबिलिटी पार्टनरमा यांगो, एक्सक्लुसिभ टिकेटिङ पार्टनर खल्ती बाई आईएमई ९भदौ २सम्म अग्रिम टिकटमा २० प्रतिशत क्यासब्याक० र अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक रहनेछ।

त्यसैगरी सर्भिलियन्स पार्टनरमा सीसीटीभी नेपाल, फायर सेफ्टी पार्टनरमा हिमालयन सेफ्टी सोलुसन्स प्रालि, हस्पिटल पार्टनरमा किस्ट हस्पिटल, हस्पिटालिटी पार्टनरमा द प्लाजा रहेको छ।

यसबाहेक डोर प्राइज नेपाल ल्युब आयल लिमिटेड रहेको छ। यसले १२ विजेतालाई एक वर्षका लागि हरेक सर्भिसमा नि:शुल्क ल्युब्रिकेन्ट उपलब्ध गराउनेछ।

यसको इभेन्ट म्यानेजमेन्ट ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिस प्रालि रहेको छ।

नाडाका अनुसार यसपटक मेड इन नेपाल पेभिलियन समेत रहने छ । जसमा नेपालमै बनेका सवारी र पार्टको प्रदर्शनी गरिनेछ। यसबाहेक इन्टरनेशनल बिजनेस पेभिलियन अर्को आकर्षण हुनेछ। जसमा अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवद्र्धन गर्ने थलो रहनेछ। त्यसैगरी ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित सेमिनार, कार्यशाला र अन्तर्क्रिया पनि गरिनेछन्। अर्को आकर्षण स्वरुप दैनिक भाग्यशाली विजेता घोषणा गरिनेछ।

 तस्बिरः माधवप्रसाद घिमिरे-रासस