२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभा बैठक स्थगित



अ+ अ-

रुपन्देही । प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएकोे बैठक विशेष कारणवश बस्न नसकिने भएकाले प्रदेशसभा नियमावली २०७४  बमोजिम सभामुखले अर्को बैठक यही जेठ १३ गते अपराह्न १ बजे बस्ने गरी निर्धारण गरेको जानकारी गराएका छन् ।

आज  इद उल फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले यसअघि आइतबार इद उल फित्रको सार्वजनिक बिदा घोषणा गरे पनि पुनः सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।