२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालको आईसीयूमा एक जनाको मृत्यु



अ+ अ-

चितवन ।  कोरोना संक्रमितको उपचार गर्नका लागि भरतपुर अस्पतालमा तयार गरिएको एक बिरामीको आईसीयूमा मृत्यु भएको छ । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले भने बिरामीमा निमोनियाको समस्या देखिएको बताएका छन् । ‘ल्याउँदा नै निकै सिरियस अबस्था थियो, अस्पतालमा ल्याएर सम्भव भएका सबै प्रयास गर्‍यौं तर बचाउन सकिएन’ डा. पौडेलले भने ।

बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको शव आईसीयूमा नै रहेको छ ।